सन्दीप लामिछाने ग्रेड ‘ए’ खेलाडी, मासिक १ लाख तलव

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ असार २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेपाली क्रिकेटकाे नियामक निकाय क्रिकेट संघ नेपाल (क्यान) ले स्टार बलर सन्दीप लामिछानेलाई ग्रेड ‘ए’ मा राख्ने निर्णय गरेको छ । उक्त निर्णय जुलाई १ देखि लागू भएको क्यानले जनाएकाे ।

यसअघि सन्दीपविरुद्ध बलात्कारको आरोप लागेपछि उनी ग्रेडिङ बाहिर रहेका थिए । अदालतले उनलाई आरोपबाट सफाई दिएपछि ग्रेडिङमा समावेश गरिएको हो । जिल्ला अदालतले गरेको फैसला उच्च अदालतले उल्टाउँदै उनलाई सफाइ दिएको थियो ।

- Advertisement -
Ad imageAd image

क्यानले यसै वर्षदेखि ग्रेड एमा रहेका खेलाडीलाई मासिक एक लाख रूपैयाँ पारिश्रमिक निर्धारण गरेको छ ।

पुरुषतर्फ ३० र महिलातर्फ १९ खेलाडी ग्रेडिङमा समावेश थिए । ग्रेड एमा कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी, कुशल भुर्तेल, आसिफ शेख र दीपेन्द्रसिंह ऐरी छन् । बी ग्रेडले ७० हजार, सी ग्रेडले ५५ हजार, डी ग्रेडले ३५ हजार र इमर्जिङ क्याटोगोरीले २५ हजार रूपैयाँ पाउँछन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्