गृहमन्त्री लामिछाने विरुद्धको मुद्दामा २ न्यायाधीशको राय बाझियो: अब पूर्ण इजलासमा पेश हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ असार २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र सपना प्रधान मल्लबीच राय बाझिएको छ ।

न्यायाधीश मल्लले राजीनामा दिने भन्ने विषय नैतिकतासँग जोडिएको भन्दै सम्बन्धित व्यक्तिको आफ्नै विवेकबाट निर्णय गर्ने विषय रहेको राय दिएकी छन् ।

त्यस्तै, न्यायाधीश सुवेदीले भने उपप्रधान एवं गृहमन्त्री लामिछानेले आम नागरिकहरुप्रतिको जिम्मेवारी र जवाफदेहिताप्रति प्रतिवद्धता व्यक्त गर्दै नैतिक कर्तव्य बोध गरी मार्ग प्रशस्त गर्नुपर्ने राय दिएकी छन् ।

‘कसुरदारलाई कानुनको दायरामा ल्याउने र पीडितलाई कानुनबमोजिम न्यायको प्रत्याभूति दिलाउने कार्यमा संवेदनशील भइ संविधान र कानुनका वैध अपेक्षाहरुको सम्मान गर्दै सार्वभौमसत्ता सम्पन्न आम नागरिकहरुप्रतिको जिम्मेवारी र जवाफदेहिताप्रति प्रतिवद्धता व्यक्त गर्दै नैतिक कर्तव्य बोध गरी गृहमन्त्रीले मार्ग प्रशस्त गर्न परमादेशको आदेश जारी हुने ठहर्छ,’– न्यायाधीश सुवेदीको रायमा भनिएको छ ।

न्यायाधीशद्वयबीच राय बाझिएकाले उक्त रिट निवेदन अब पूर्ण इजलासमा पेश हुनेछ । पूर्ण इजलासमा पेश भएको उक्त रिट न्यायाधीशद्वय सुवेदी र मल्लले हेर्न पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्

Array