सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० असार २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं – नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। मंगलबार बसेको सचिवालय बैठकले बुधबारसम्म राजीनामा दिएर मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समय दिएको थियो। तर प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने बताएपछि एमालेले समर्थन फिर्ता लिएको हो।

एमालेले प्रधानमन्त्रीलाई भेटेर समर्थन फिर्ता लिएको जानकारी दिने र मन्त्रीहरुले राजीनामा दिने बताएको छ। मंगलबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्लाई भेटेर राजीनामा दिएर राष्ट्रिय सरकार गठनका लागि सहयोग गर्न आग्रह गरेका थिए।

तर प्रधानमन्त्री प्रचण्डले पार्टीको बैठक राखेर राजीनामा नदिने बरु संसद फेस गर्ने निर्णय जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस्

Array