प्रधानमन्त्रीले आफूलाई नसुनेको ओलीको गुनासो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ असार २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई महत्व नदिएको धारणा व्यक्त गरेका छन् । आज (आइतबार) पार्टीको केन्द्रीय कृषि तथा पशुपक्षी विकास विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले प्रधानमन्त्री प्रचण्डलाई सानातिना नियुक्ति, सरुवा, बढुवातिर नअल्झिएर नीति निर्माणको पक्षमा कदम चालौं भन्दा सुनेको नसुन्यै गरेको बताएका हुन् । अध्यक्ष ओलीले अब कृषि क्षेत्रमा पर्खिने समय नरहेको बताए । अब गर्दै जाउँला भनेर नहुने उनको भनाइ छ ।

‘मैले प्रधानमन्त्रीज्यूलाई पनि भनेको छु– हामी सानातिना नियुक्ति, सरुवा, बढुवातिर नअल्झिऔं । कुन क्षेत्रमा के कस्ता सुधार आवश्यक छ, परिवर्तन आवश्यक छ ? कस्ता नीति, कस्ता कदमहरु लिन जरुरी छ ? त्यसमा छलफल गरौं । छलफल गर्यो, सुन्यो, सिद्धयो,’– उनले भने, ‘यो सप्ताह, पुरान सुनेजस्तो होईन । हात जोडेर एकाग्र चित्तले आँखा जोडेर सुन्यो, सुनिसकेपछि सकियो । यस्तै गर्ने कुरा उपयुक्त भएन । ठोस रुपमा कार्यान्वयनमा जानुपर्यो, व्यवहारिक कदमहरु चाल्नुपर्यो ।’

- Advertisement -
Ad imageAd image

अध्यक्ष ओलीले अहिलेको आवश्यकता उद्यमशीलता र व्यवसायिकता रहेको बताए । उद्यमशीलता र व्यवसायिकताले कृषिको उद्यमशीलता बढाउने उनको भनाइ छ । यथास्थितिमा देश अगाडि जान नसक्ने उनले बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्