प्रचण्ड–ओली–लामिछाने छलफलः सरकार टिकाउने, असमझदारी हटाउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ असार २०८१, आईतवार
2 Min Read
Aa

काठमाडाैं – शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच लामाे भेटवार्ता भएसँगै गर्माएकाे राजनीति बिस्तारै थिग्रिन थालेकाे छ ।

शनिबार भएकाे छलफल, सत्ता साझेर रास्वपा भित्रकाे विवाद, राजदूतहरूकाे नियुक्ति, टिआरसीकाे विषय समेटेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारको बैठक बस्याे ।

सत्ता गठबन्धनभित्र एमाले र माओवादीबीच कार्यशैलीका विषयमा चिसोपन बढ्न थालेपछि ओलीले कांग्रेस सभापति समेत रहेका देउवासँग संवाद अघि बढाएका थिए । बैठकको सुरूमै प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीलाई शनिबार देउवासँग भएको भेटको प्रसंग सोधेका थिए।

जबाफमा अध्यक्ष ओलीले त्यस्तो ठूलो कुरा नभएकाे जवाफ दिएका थिए। शनिबार दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म बालकोटमा देउवा र ओलीबीच के-के विषयमा कुराकानी भएको थियो भन्नेबारे सार्वजनिक भइसकेको छैन।

आईतबार प्रधानमन्त्री र अध्यक्ष ओलीबीच यो गठबन्धन छोड्ने या नयाँ गठबन्धन बनाउने भन्ने केही पनि कुरा नभएको र गठबन्धन बचाएर जाने समझदारी भएकाे बताइन ।

प्रधानमन्त्रीसँगको भेटवार्तापछि एमाले अध्यक्ष ओलीले गठबन्धनमा कुनै परिवर्तन नहुने बताए । सरकारलाई कसरी प्रभावकारी बनाउने भन्नेमा छलफल भएको र भोलि बिहान फेरि बैठक गरेर त्यसबारेमा विस्तृतमा छलफल गर्ने सहमति प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भएको छ।

प्रधानमन्त्री प्रचण्ड’ र ओलीले सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पछिल्ला दिनमा देखा परेका घटनाक्रमबारे चासो राखे। जबाफमा सभापति लामिछानेले खासै ठूलो केही नभएको प्रतिक्रिया दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

Array