असार १५ गते शनिबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ असार २०८१, शनिबार
5 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं. २०८१ असार १५ गते शनिबार ई.सं.२०२४ जून २९ नेपाल सम्बत ११४४ तछलागा अष्टमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार कृष्ण अष्टमी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, शोभन योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०५:११ बजे भयो भने सूर्यास्त साँझ ०७:०३ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिन शुभदायी छ । कर्मबल वृद्धि हुनेछ । आर्थिक उपार्जनको दृष्टिले समय फलिफापयुक्त रहला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । अनुकूलता वृद्धि हुनेछ । रोकिएको काममा सफलता मिल्ने समय छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । आमोदप्रमोदको भाव पैदा होला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): बौद्धिक तथा रचनात्मक काममा सफलता मिल्ने समय भएपनि आजको दिन ब्यर्थको खर्चले मन पिरोल्ला । स्वास्थ्य पनि सामान्यतया कमजोर रहन सक्छ, ध्यान राख्नुहोला । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । आफन्तको साथ मिल्ने योग छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): दौडधुपका साथै पराक्रम बढ्ने समय छ । आजको दिन प्रियजनसंगको भेटले मन प्रफुल्ल रहला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । मान पुरस्कार प्राप्त होला । आरोग्यता रहनेछ । समस्याको समाधान प्राप्त हुनेछ । शत्रु पक्ष परास्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): नयाँ कामका योजनाहरु बन्ने समय छ । रसरागमा आकर्षण रहला । दाम्पत्य सुख बढ्नेछ । आरोग्यता रहनेछ । कर्मबल बढ्नेछ । रोकिएको काम बन्नेछ । शत्रुमाथि विजय प्राप्त होला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता रहनेछ । खेलकुद, भ्रमण तथा मनोरञ्जनात्मक क्रियाकलापमा रुचि बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मनोरञ्जनात्मक तरिकाबाट काम बन्ने समय छ । नयाँ कामका योजनाहरु बन्लान् । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । यात्रगत कार्यमा सफलत मिल्नेछ । मित्रजनको साथ मिल्नेछ । पारिवारिक सुखशांति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): प्रेमभाव वृद्धि हुनेछ, अनुकूलता वृद्धि हुनेछ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । तथापि, आगो र मेसिनरी सामग्रीबाट जोगिनुपर्ने समय छ । वादविवादको सामना गर्नुपर्ने योग रहेकोले विशेष सचेत रहनुहोला । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन् । साथीभाइको सहयोग प्राप्त गर्नुहुनेछ । व्यस्तता बढ्नेछ । समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): दौडधुप वृद्धि हुनेछ । मान सम्मान मिलेपनि मनमा डर रहला । व्यवसायमा आर्थिक लाभ हुनेछ । स्वास्थ्यका दृष्टिकोणले पनि यो राम्रो समय छ । मिठो भोजन प्राप्त हुनेछ । यशवर्चश्व बढ्ला । साहसिक काममा आकर्षण बढ्नेछ । यात्रागत कार्यले सार्थकता पाउला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): पराक्रम र मान-महत्व बढ्ने समय छ । दिन मनोरञ्जनात्मक किसिमबाट बित्ला । कामको बोझबाट छुटकारा मिल्नेछ । मन प्रसन्न रहनेछ । परिवारिक सुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता रहनेछ । सुखसुविधाको वस्तु खरिदमा खर्च होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): काममा मन जानेछ । अप्रत्याशित लाभ हुनेछ । व्यवसायमा थप लगानी बढाउन सकिएला । वैदेशिक कामकाजमा फाइदा हुनेछ । भ्रमणमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आजको दिन केही हानी-नोक्सानी हुन सक्छ, सावधान रहनुहोला । अनावश्यक झमेलामा परिएला । पीडा दिनेहरु सक्रिय हुन सक्छन् । स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने समय छ । मिठो भोजन प्राप्त हुनेछ । समस्यामा नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): लगानी वृद्धि हुनेछ । धन आर्जनमा राम्रो दिन छ तर खर्च पनि बढ्ने योग छ । सिामर्थ्य वृद्धि होला । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आयबल बढ्नेछ । आफन्तको साथ कमै मिल्नेछ तर राम्रो कमाइका कारण सुख मिल्ने समय छ । नसोचेको ठाउँबाट धनलाभ भइ मन हर्षित रहला । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । सुख–सुविधाको वस्तु बढ्नेछन् । समस्याको समाधान मिल्नेछ ।

तपाईको दिन शुभ रहोस्

 

प्रतिक्रिया दिनुहोस्

Array