शान्ति प्रक्रियाका बाँकी कामहरु सहमतिमै टुङ्ग्याउनेबारे तीन दलबीच समझदारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ असार २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – प्रमुख राजनीतिक दलबीच शान्ति प्रक्रियाका बाँकी काम सहमतिमै टुङ्ग्याउने समझदारी जुटेको छ । आज (बिहीबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालुवाटारमा प्रमुख दलहरुलाई टीआरसी विधेयकमा सहमति खोज्न बैठक बोलाएका थिए ।

कानुन मन्त्री पदम गिरीले टीआरसी विधेयकमा यसअघि जुट्न नसकेको बुँदामा सहमति खोज्न प्रमुख दलहरुबीच समझदारी जुटेको बताए । आजको बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रका नेताहरु सहभागी थिए ।

बैठकपति संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री गिरीले भने, ‘सङ्क्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउनुपर्छ । त्यसका लागि सबै जिम्मेवार पनि हुनुपर्छ । जुनजुन बुँदा सहमति जुट्न सकेका छैनन् ती विषयमा सहमतिमा पुग्ने विषयमा एकमत भयो ।’

मन्त्री गिरीले संसदीय समितिमा छलफलका क्रममा मुख्यतः ४ वटा बुँदामा सहमति जुट्न नसकिरहेको बताए । उनले आजको छलफलले ती बुँदाहरुमा निकट भविष्यमै सहमति जुटेर निश्कर्षमा पुगिने विश्वास व्यक्त गरे ।

टीआरसी विधेयकमा अहिले गम्भीर मानवअधिकार र मानवअधिकार उल्लंघनमा कस्ताकस्ता कुराहरूलाई समावेश गर्ने, बालसेनामा भर्ती भएका र द्वन्द्व पीडितलाई दिने क्षतिपूर्तिलगायतका विषयमा सहमति जुट्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

Array