प्रचण्ड, देउवा र अ‍ोलीसहित पूर्व मन्त्रीदेखि पूर्व महान्यायाधिवक्तासम्म सिंहदरबारमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ असार २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको तीन दलको शीर्ष नेताको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक चलिरहेको छ । बैठकमा टीआरसी विधेयकलाई टुंगोमा पुर्याउनेबारे छलफल भईरहेको छ ।

बैठकमा तीन दलका शीर्ष नेताहरु प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेता कृष्ण सिटौलाका साथै पूर्वमहान्याधिवक्ता रमेश बडाल, अग्नि खरेल, कानुनका जानकार राधेश्वास अधिकारसमेत सहभागी छन् । यस्तै बैठकमा तीन दलका दोस्रो तहका नेताहरु पनि सहभागी छन् ।

बैठकमा कांग्रेसका कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, महेश बर्तौला, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालगायतका नेताहरु छन् ।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको यही अधिवेशनबाट टीआरसी विधेयक टुंगो लगाउने गरी छलफल गरिरहेका छन्। यही विषयमा सहमति खोज्नको लागि ओली र देउवालाई बालुवाटार बोलाइएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्

Array