अध्यक्षमा झलनाथले घनश्याम बोकेपछि तनावमा माधव नेपाल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ असार २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं – नेकपा एकीकृत समाजवादीको अध्यक्षका लागि दाबी गरिरहेका सम्मानित नेता झलनाथ खनालले महासचिव घनश्याम भुसाललाई अगाडि बढाउन सहमति जनाएका छन् ।

खनाल निवास डल्लुमा बुधबार खनाल र भुसालबीच भएको बैठकमा घनश्याम भुसाललाई अगाडि बढाउन खनाल सहमत भएका हुन् ।

- Advertisement -
Ad imageAd image

यसअघि खनालले आफै पार्टी अध्यक्षको उम्मेदवार बन्ने सार्वजनिक दावी गर्दै आएका थिए । तर बुधबार बिहान आफ्नै निवास डल्लु आएका भूसाललाई पार्टी अध्यक्ष बन्न साथ दिने खनालले सहमति दिएका हुन् ।

चार दिनपछि नयाँ नेतृत्व चयन गर्नेगरी सुरु हुने महाधिवेशनमा १८ सय प्रतिनिधि सहभागी हुँदैछन् । वर्तमान अध्यक्ष माधव नेपाल पनि दोहोरिन खोजिरहेका छन्। उनले अडान नछाडे अब नेपाल र भुसाल आमनेसामने हुनेछन्। तर, अब नेपाल पनि पुस्तान्तरणका लागि तयार बन्न सक्ने विश्वास भुसाल पक्षको छ।

यता अध्यक्षको दाबी गरिरहेका खनालले अडान छाडेर भुसाललाई च्यापेपछि अर्का अध्यक्ष माधव नेपाल भने तनावमा परेका छन् । जसरी पनि एकपटक प्रधानमन्त्री हुने इच्छा राखेका नेपालले यसबीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर अध्यक्ष हुने वातावरण मिलाईदिन आग्रह समेत गरेका छन् । उच्च स्रोतका अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि भुसाल भन्दा नेपाल नै अध्यक्ष बनुन् भनेर सहानुभूति देखाएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्