रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता पठाउन रुस तयार भएको परराष्ट्रमन्त्री श्रेष्ठको दाबी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ असार २०८१, मंगलवार
2 Min Read
Aa

काठमाडौं – उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया कोअप्रेसन डायलग (एसीडी) को इरानको तेहरानमा भएको १९ औँ विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी भएर स्वदेश फर्किका छन् । आज (मंगलबार) उनी नेपाल फर्किएका मन्त्री श्रेष्ठले इरानको राजधानी तेहरानमा कुवेतका विदेशमन्त्री अब्दुल्ला अली अल–याह्याले थप दुई लाख नेपाली कामदार लैजाने जानकारी गराएको बताए । यसै वर्ष कुवेतले नेपालमा राजदूतावास खोल्ने तयारी गरेको पनि परराष्ट्रमन्त्री श्रेष्ठले बताए ।

मन्त्री श्रेष्ठले भ्रमणको क्रममा इरानका कार्यवाहक परराष्ट्र मन्त्री, म्यानमारका उपप्रधान तथा विदेश मन्त्री, बहराइनका विदेश मन्त्री, कुवेतका विदेश राज्यमन्त्री, साउदी अरेवियाका उपविदेश मन्त्री र रुसका उपविदेश मन्त्रीसँग दुई पक्षीय भेटघाट भएको बताए । रुसका विदेशमन्त्रीसँग सेनामा भर्ती भएका नेपालीलाई फिर्ता पठाउने बारे पनि छलफल गरेको बताए । रुसी सेनामा भर्ती भएका नेपाली नागरिक नेपाल फिर्ता पठाउनेबारे सहमति भएको उनले बताए । यसको कार्यविधि बन्न भने बाँकी रहेको उनले बताए । रुसी सेनामा भर्ती भएर ज्यान गुमाएकाहरुको परिवारलाई उचित राहत र क्षतिपूर्तिका विषयमा पनि छलफल भएको उनले बताए ।

- Advertisement -
Ad imageAd image

‘नेपालीहरुको हीतसँग सम्बन्धित चाहे रुसी सेनामा रहेका नेपालीहरुको कुरा होस्, चाहे युक्रेनमा बन्दी बनाइएको नेपालीहरुको कुरा होस्, चाहे इजरायलबाट बन्दी बनाएर लगिएका विपिन जोशीको सान्दर्भिक विषयमा जुन–जुनसँग कुरा गर्दा हामीलाई राहत हुन्छ कि, नेपालीहरुको चासो सम्बोधन हुन्छ कि भन्ने कुरामा विशेष ढंगले कुरा गर्ने प्रयन्त गरिएको छ,’– उनले भने ।

बैठकमा नेपालको सहभागिताले क्षेत्रीय एवं अन्तर्राष्ट्रिय रूपमा सकारात्मक छविको प्रवर्द्धन गर्न, सदस्य मूलुकहरू बीच आपसी लाभका क्षेत्रहरूमा सहकार्यलाई घनिभूत बनाउन र वर्तमान परिप्रेक्ष्यमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा देखा परेका जलवायु परिवर्तन, द्वन्द्व, उर्जा सुरक्षा, प्राकृतिक प्रकोप, संगठित अपराधजस्ता चुनौतीहरुको सामूहिक रूपमा सामना गर्नका लागि महत्वपूर्ण योगदान पुर्याएको उनले बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्