पाँच दशमलव ६० अङ्कले बढ्यो नेप्से परिसूचक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ असार २०८१, मंगलवार
2 Min Read
Aa

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ६० अङ्कले बढेर दुई हजार ७१ दशमलव ७७ को विन्दुमा कायम भएको हो ।

आज तीन सय १९ कम्पनीको ९४ लाख ३५ हजार चार सय ५४ कित्ता शेयर ६० हजार आठ सय ५८ पटक खरिदबिक्री हुँदा रु चार अर्ब १८ करोड ७७ लाख ९६ हजार आठ सय ३३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

- Advertisement -
Ad imageAd image

आज बैंकिङ समूह शून्य दशमलव ४६, वित्त समूह दुई दशमलव १५, निर्जीवन बीमा शून्य दशमलव २२, व्यापार शून्य दशमलव १८ र अन्य समूह शून्य दशमलव ०१ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । विकास बैंक समूह शून्य दशमलव ३२, होटल तथा पर्यटन एक दशमलव १२, जलविद्युत् एक दशमलव १८, लगानी एक दशमलव ७०, जीवन बीमा शून्य दशमलव ५५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३९, लघुवित्त शून्य दशमलव ३४ र लघुवित्त शून्य दशमलव ४२ प्रतिशतले बढेको छ ।

ग्लोबल आईएमई बैंक डिबेञ्चर २०८४÷८५ को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएको शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै रु १४ करोड ८३ लाख आठ हजार १६ बराबरको रु दुई लाख २४ हजार नौ सय ९२ बराबरको कारोबार भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्