सन्दीप, दीपेन्द्र र रोहित ग्लोबल टी२० क्यानडामा छानिए

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ असार २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं – टी२० विश्वकप क्रिकेटमा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली खेलाडीलाई विश्वको गनिएका लिगहरुमा अफर आउन थालेको छ । नेपालका पूर्वकप्तान तथा बलर सन्दीप लामिछानेले लगभग विश्वका सवै चर्चित लिग खेलिसकेका छन् भने दीपेन्द्र सिंह ऐरी, कप्तान रोहित पौडेलको पनि अफर आउन थालेको छ ।

ऐरी गल्फ लिगमा निरन्तर खेल्ने पक्का भएको छ । कप्तान पौडेलले पनि यसपाली क्यानडाको ग्लोबल टी२० खेल्न लागेका हुन् । नेपालका कप्तान रोहितले टोरन्टो नेश्नल्सबाट खेल्ने भएका हुन् । शुक्रबार भएको ड्राफ्टको ११ औं राउन्डमा टोरन्टोले १२ हजार ५०० डलरमा रोहितलाई अनुबन्ध गरेको हो । रोहितको पहिलो विदेशी फ्रेन्चाइज अनुबन्ध हो ।

भ्यानकुभर नाइटमा भने नेपालका २ जना खेलाडी अनुबन्ध भएका छन् । सन्दीप नेपालबाट सर्वाधिक फ्रेन्चाइज खेल्ने खेलाडी हुन् । सन्दीप पछि दोस्रो फ्रेन्चाज क्रिकेट खेलेका ऐरी पनि एउटै टिममा छन् ।

सन्दीपलाई भ्यानकुभरले ३० हजार डलरमा अनुबन्ध गरेको हो । उनलाई आठौं चरणको ड्राफ्टबाट टिमले पिक गरेको थियो । यसैगरी नवौं चरणको ड्राफ्टमा ऐरीलाई १७ हजार ५ सय डलमा अनुबन्ध गरेको छ । ग्लोबल टी २० क्यानडा जुलाई २५ तारिखदेखि सुरुहुने छ ।

प्रतिक्रिया दिनुहोस्

Array