१०.४४ अंकले घट्यो नेप्से परिसूचक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ असार २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – शेयर बजार नेप्से परिसूचक बिहीबार १० दशमलव ४४ अंकले घटेको छ । आज घटेको नेप्से २ हजार ६८ दशमलव ३१ विन्दुमा झरेको छ ।

बिहीबार फाइनान्स र म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, होटल, विकास बैंक समूहको शेयर उच्च अंकले ओरालो लागेको छ ।
बिहीबार कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।

- Advertisement -
Ad imageAd image

बिहीबार ३०६ वटा कम्पनीका ८६ लाख ६३ हजार कित्ता शेयर ३ अर्ब ८७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपाल कम्पनीको १७ करोड १४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्