अलराउन्डर विश्व वरीयताको छैठौँ स्थानमा उक्लिए दीपेन्द्रसिंह ऐरी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ असार २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं – आईसीसी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डरतर्फको वरीयतामा नेपालका दीपेन्द्र सिंह ऐरी छैठौँ स्थानमा उक्लिएका छन् । ऐरीले एकसाथ तीन स्थान सुधार गर्दै भारतका हार्दिक पाण्ड्या, इंग्ल्यान्डका लाइम लिभिङस्टोन र इंग्ल्यान्डकै मोइन अलीलाई पछि पारे ।

यसअघिको वरीयतामा नवौँ स्थानमा रहेका दीपेन्द्र बुधबार आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा छैठौँ स्थान पक्का गरेका हुन् । यसपटकको वरीयतामा नेपालकै कुशल मल्लको भने वरीयता एक स्थानले खस्किदै ३६औँ स्थानमा पुगेको छ ।

- Advertisement -
Ad imageAd image

यसअघि ६६औँ स्थानमा रहेका कप्तान रोहित पौडेलले एकैपटकमा ११ स्थान सुधार गर्दै ५५औँ स्थानमा आइपुगेका छन्। नेपालका गुल्सन ६८ र भुर्तेल ७०औँ स्थानमा छन्।

नेपालका करण केसीको ६ स्थान तल झर्दै ७५औँ स्थानमा पुगेका छन्।

विश्व वरीयतामा अस्ट्रेलियाका मार्कस स्टोनिसले पहिलो स्थान ओगटेका छन्। यसअघि पहिलो स्थानमा रहेका अफगानिस्तानका मोहम्मद नाबी तीन स्थान तल झर्दा श्रीलंकाका वानिन्दु हसराङ्गा दोस्रो र बंगलादेशका साकिव अल हसन तेस्रो स्थानमा छन्।

जिम्बावेका सिकन्दर राजा एक स्थान तल झर्दा दीपेन्द्रभन्दा एकस्थान माथि पाँचौँ वरीयतामा छन्। आईसीसीले पछिल्लो खेलमा गरेको प्रदर्शनका आधारमा वरीयता निर्धारण गर्छ।

विश्वकपमा समूह चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध ३.३ ओभर बलिङ गरेका दीपेन्द्रले २२ रन खर्चिएर २ विकेट लिएका थिए भने ३१ बलमा २५ रन बटुलेका थिए।

त्यसअघि अफगानिस्तानविरुद्ध ४ ओभरमा २१ रन खर्चिएर ३ विकेट लिएका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्