शिक्षामन्त्री श्रेष्ठको १०० दिन: शिक्षामा दलीय राजनीतिकरणको अन्त्य गरेरै छाड्ने घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ असार २०८१, मंगलवार
1 Min Read
Aa
मन्त्री श्रेष्ठ – प्रगति विवरण सार्वजनिक काठमाडौँ , ४ असार ः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रीको कार्यभार सम्हालेको सय दिन पुरा भएको अवसरमा मङ्गलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सोही अवधिको प्रगति विवरण सञ्चारकर्मीलाई जानकारी दिँदै । तस्बिर ः हरिराम भेटुवाल÷रासस

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयको नेतृत्व गरेको एक सय दिनमा भएका कामको फेहरिस्त सार्वजनिक गरेकी छिन् । मन्त्रालयमा आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री श्रेष्ठले शिक्षामा राजनीतिकरणको अन्त्य गरेर छोड्ने प्रतिबद्धता जनाईन् । उनले अहिलेसम्म ८ सय २५ जना शिक्षकहरूले राजनीतिक आबद्धता त्याग गरेको पनि स्पष्ट पारिन् ।

यस्तै, आफू मन्त्री बनेयता ४५ जना शिक्षकविरूद्ध उजुरी परेकोमा ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको बताईन् । तीमध्ये चार जनाले सफाइ पाएको उनको भनाई छ । शिक्षा क्षेत्रको सुधारको लागि नीतिगत रुपमा नै काम सुरु गरिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

Array