जर्मनीका समकक्षीसँग राष्ट्रपति रामचन्द्र पौडेलको भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ असार २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल र जर्मन राष्ट्रपति फ्रयांक वाल्टर स्टाइनमायरबीच जर्मनीको बर्लिनमा द्विपक्षीय भेटवार्ता शुरू भएको छ ।

जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा शनिबार बर्लिन पुगेका नेपालका राष्ट्रपति पौडेललाई द्विपक्षीय भेटवार्ता गर्नुअघि जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो ।

स्वीटजरल्याण्डको जेनेभामा भएको ११२ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा सहभागी भएर जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी पुगेका हुन् ।

जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा जर्मनी पुग्ने पौडेल दोस्रो नेपाली राष्ट्र प्रमुख हुन् । तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्य ३८ वर्षअघि जर्मनीको राजकीय भ्रमणमा गएका थिए । राष्ट्रपति पौडेललाई भेटवार्ताअघि जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array