टी-२० क्रिकेटमा सन्दीपको सय विकेट, बन्यो कीर्तिमान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ असार २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – सन्दीप लामिछानेले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट पूरा गरेका छन्। सन्दीपले जारी टी-२० विश्वकपमा बंगलादेशविरुद्ध २ विकेट लिएसँगै आफ्नो सय विकेट पूरा गरेका हुन्।

सन्दीपले टी-२० क्रिकेटमा ५४ खेलमा १०० विकेट लिएका हुन्। उनी टी-२० क्रिकेटमा छिटो सय विकेट लिने दोस्रो खेलाडी बनेका छन्।

- Advertisement -
Ad image

यसअघि यो कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा रहेको छ । राशिदले ५३ खेलमा सय विकेट लिएका छन्।

टी-२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपालले पाँचौं विकेट गुमाएको छ। किंग्सटाउनमा जारी खेलमा नेपालका सन्दीप जोहरा १ रनमा आउट भएका हुन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्