निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ असार २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं – संवैधानिक परिषदको बैठकले निर्वाचन आयोगको रिक्त रहेको आयुक्त पदमा कृष्णमान प्रधानलाई सिफारिस गरेको छ ।

आज (आइतबार) बसेको बैठकले निर्वाचन आयोगसहित प्राकृतिक स्रोत तथा वित्त आयोग, समावेशी आयोग र मुस्लिम आयोगमा एक–एकजना सदस्य नियुक्तिको लागि सिफारिस गर्ने विषयमा निर्णय गर्ने तयारी थियो । तर, निर्वाचन आयोगबाहेक अन्यमा भने आज सहमति हुन नसकेको बताइएको छ ।

- Advertisement -
Ad imageAd image

प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने संवैधानिक परिषद्को बैठकमा प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलका नतो र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहने व्यवस्था रहेको छ ।

आयोगको आयुक्त पदमा नियुक्तिका लागि सिफारिस भएका प्रधान लामो समयदेखि नेपाल कानुन समाज नामक गैर सरकारी संस्थामा कार्यरत थिए ।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्