युरो कप फुटबल: स्पेन, इटाली र स्वीट्जरल्यान्डको विजयी सुरुवात, आज तीन खेल हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ असार २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौँ – युरो कप फुटबलमा स्पेन, इटाली र स्वीट्जरल्यान्डले विजयी सुरुवात गरेका छन् । शनिबार राति भएको खेलमा स्पेनले क्रोएसियालाई ३–० गोलले, इटालीले अल्वानियालाई २–१ गोलले र हिजो बेलुका भएको खेलमा स्वीट्जरल्यान्डले हङ्गेरीलाई ३–१ ले गोलले हराएको हो । जितसँगै समूह ‘ए’ को स्वीट्जरल्यान्डको तीन अङ्क भएको छ ।

यसै समूहमा रहेको आयोजक जर्मनीले उद्घाटन खेलमा स्कटल्यान्डलाई हराउँदै विजयी सुरुवात गरेको थियो । उसको पनि तीन अङ्क नै रहेको छ । त्यस्तै समूह ‘बी’ का स्पेन साविक विजेता इटालीको पनि समान तीन अङ्क भएको छ ।

आईतबार तीन खेल हुँदैछन् । पहिलो खेलमा नेपाली समय अनुसार बेलुका पौने ७ बजे पोल्यान्ड र नेदरल्यान्डस्, राति पौने १० बजे स्लोभेनिया र डेनमार्क तथा राति पौने एक बजे सर्विया र इंग्ल्यान्ड खेल्नेछन् ।

जर्मनीले आयोजना गरेको १७ औँ संस्करणको युरो कप आउँदो जुलाई १५ तारिखसम्म चल्नेछ । २४ वटा टोलीलाई छ वटा समूहमा विभाजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array