नेपाली क्रिकेटबारे विश्वभरबाट राम्राे प्रतिक्रियाः आईसीसीले भन्यो, गर्व गर्न लायक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ असार २०८१, शनिबार
2 Min Read
Aa

काठमाडौं – टी२० विश्वकपका दौरान नेपालले गरेको प्रदर्शनबारे विश्वभरबाट सकारात्मक प्रतिक्रियाहरु आइरहेका छन् । खेलका दौरान कमेन्टरहरुले नेपाली खेलाडी मात्र होइन दर्शकको समेत प्रशंसा गरिरहेका छन् ।

क्रिकेटको नियमक निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले समेत आईसीसी टी२० विश्वकपअन्तर्गत आज (शनिबार) दक्षिण अफ्रिकाविरुद्ध नेपालले गरेको प्रदर्शनको खुलेर प्रशंसा गरेको छ।

वेस्ट इन्डिजमा आज बिहान भएको प्रतिस्पर्धामा नेपाली क्रिकेट टोली केवल १ रनले दक्षिण अफ्रिकासँग हार्दा सुपर ८ मा पुग्ने अवसरबाट वञ्चित हुन पुग्यो। तर खेल सकिएलगत्तै नेपाली टोलीका कप्तान रोहित पौडेलले आज नेपालले गरेको प्रदर्शन गर्व गर्न लायक र आगामी दिनलाई यो अनुभव काम लाग्ने प्रतिक्रिया दिएका थिए।

बीबीसी अंग्रेजीले पनि नेपाली खेलको प्रशंसासहितको समाचार लेखेको छ । नेपाली बलरले दक्षिण अफ्रिकाका ब्याटरलाई दबाबदमा राखेको र नेपाली ब्याटरले राम्रो गर्दागर्दै अन्तिममा खेल गुमाएको लेखेको छ । यसैबीच आईसीसीले समेत नेपालले आज देखाएको प्रदर्शन गर्व गर्न लायक भनी प्रशंसा गरेको हो। आईसीसीले सामाजिक सञ्जालमा नेपाल क्रिकेट संघ (क्यान) लाई मेन्सन गर्दै लेखेको छ, ‘गर्व गर्न लायक प्रदर्शन, आफ्नो शिर ठाडो पार।’

भारतीय मिडियाले नेपालको खेललाई बहादुरीपूर्णको संज्ञा दिदै खेल अनुभवको भने कमि रहेको बताएका छन् । अन्तिम बलमा गुल्शन झा अल्मिल्लिएका कारण खेल सुपर ओभरमा जान नसकेको र नेपालले टेष्ट खेलेको देश दक्षिण अफ्रिका विरुद्ध सानदार प्रदर्शन गरेको उनीहरुले टिप्पणी गरेका छन् । दक्षिण अफ्रिकाका कप्तान एइडेन माकरमले पनि खेलका दौरान नेपालले ठूदो दबाब दिएको र आजको जितको श्रेय समेत नेपाललाई नै जाने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array