भीम आचार्यले हुँदै नभएको कपोकल्पित कुरा उठाए, सदनको गरिमा घटायो: क्यान अध्यक्ष चन्द

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ असार २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले एमाले सांसद भीमप्रसाद आचार्यले नेपाल क्रिकेट संघको नेतृत्व आर्थिक अपचलनमा संलग्न रहेको भनेर लगाएको आरोपको खण्डन गरेका छन् । उनले आचार्यले लगाएको आरोपमा सत्यता नभएको दाबी गरेका छन् ।

आज (शुक्रबार) एक विज्ञप्ती जारी गर्दै अध्यक्ष चन्दले आचार्यको आरोपमा आंशिकसमेत सत्यता नभएको दाबी गरेका छन् । एमाले सांसद आचार्यले टी–२० विश्वकप क्रिकेट खेलका सन्दर्भमा नेपालीका लागि प्राप्त टिकट र भीआईपी टिकटमै अनियमितता भएको भनेर संसद्मा उभिएर दाबी गरेका थिए । आचार्यको उक्त भनाईलाई लिएर चन्दले आज विज्ञप्ती जारी गरेका हुन् ।

- Advertisement -
Ad imageAd image

चन्दले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘यहाँसम्म कि कुनैपनि आंशिक समेत सत्यता नभएको झुटो र कपोकल्पित बुँदाहरु नेपालको गरिमामय सदनमा उठान गरेर एकजना माननीय सांसदज्यूले सम्मानित सदनलाई गुमहारामा राख्नुको साथै आफूले प्रतिनिधित्व गर्ने राजनीतिक दललाई समेत विवादमा ल्याउन खोजेको देखिन्छ ।’

अध्यक्ष चन्दले क्रिकेट खेलको नाममा राजनीति गर्नेहरुले आफ्नो देशले विश्वकप खेलिरहेको महत्वपूर्ण समयमा क्रिकेट तथा संघको विरुद्धमा अनर्गल प्रचार गर्दा विश्वकपमा सहभागिता जनाईरहेका राष्ट्रिय खेलाडी, नेपाललाई विश्वकपमा पुर्याउन अहोरात्र खटिएका संघका पदाधिकारी एवम् सदस्यहरु, संघका कर्मचारीहरु तथा क्रिकेकटसँग सम्बन्धित व्यक्तिलगायत क्रिकेट प्रेमीहरुको मनोबल गिर्न सक्छ भन्नेसमेत ख्याल विचार नगरी क्रिकेटको नामा राजनीति गर्न खोज्नेहरुको नेपाली िmकेट विवादित र विभाजन गर्न खोजेको स्पष्ट छ ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्