कुवेतमा कामदार बस्ने भवनमा आगलागी, तीन नेपाली घाईते, पाँच जनाले हाम्फालेर ज्यान जोगाए !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ जेष्ठ २०८१, बिहीबार
2 Min Read
Aa

काठमाडौं – श्रमका लागि नेपालीहरुको बाक्लो उपश्थिति रहेको कुवेतको माग्फास्थित एक लेवर क्याम्पमा आगलागी हुदाँ ५ जना नेपालीले झ्यालबाट हाम्फालेर ज्यान जोगाएका छन् । यो आगलागीमा परी मृत्यु हुनेको संख्या ४९ जना पुगेको छ । मृत्यु हुने श्रमिकहरु को कुन देशका हुन् भनेर पहिचान भइसकेको छैन । उक्त घटनामा ती नेपाली घाइते भएका छन् ।

हाम्फालेर भाग्दा घाइते भएकामध्ये तीन जनाको अस्पतालमा उपचार भइरहेको छ । जसमा शिवगुञ्ज–झापाका दोर्जे लामा, सिराहाका शिवशंकर पासवान, दिनेशकुमार मण्डल, सन्तोषकुमार गोटी र जाकिर नदप रहेका छन् ।

लामा र पसवानलाई अदान अस्पतालमा भर्ना गरिएको छ । पासवानले आफूहरु तल्लो तलामा रहेकोले बाँच्न सफल भएको बताए । ‘म तल्लो तलामा नै थिएँ । धुवाको मुस्लो आएपछि ढोकाबाट बाहिर आउने अवस्था भएन । क्याम्पको झ्याल फोरेर भाग्न सफल भयौं,’ पासवनले भने ।

कुवेतको एनविटिसी कम्पनीमा कार्यरत श्रमिकहरु वस्ने क्याम्पमा आगोलागी भएको थियो । कुवेत सरकारले आगोलागीमा परी मृत्यु भएको राष्ट्रियता पहिचान गरिसकेको छैन । नेपाली दुतावासको अनुसार आगलागीमा नेपाली श्रमिक परे वा नपरेको विषयमा खोजी भइरहेको जनाएको छ ।

बुधवार बिहान ४ः ३० बजे क्याम्पको तल्लो तलको एउटा कोठाबाट आगो सल्किएको थियो । कम्पनीमा करिव एकसय ९६ जना श्रमिक वस्दै आएका छन् । जसमा सबैभन्दा बढी भारतीय श्रमिकहरु रहेका छन् । आगलागीमा परि ४२ जना भारतीय नागरिकको मृत्यु भएको पुष्टि भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array