अमेरिकालाई पराजित गर्दै भारत ‘सुपर आठ’मा गर्दा वेस्ट इन्डिज र न्यूजील्याण्डको भिडन्त जारी, बंगलादेश र नेदरल्याण्डस पनि आजै भिड्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ जेष्ठ २०८१, बिहीबार
3 Min Read
Aa

काठमाडौं – टी-२० विश्वकपको समूह ‘ए’ को खेलमा अमेरिकालाई सात विकेटले पराजित गर्दै भारत ‘सुपर आठ’मा प्रवेश गरेको छ। पहिले ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा आठ विकेट गुमाएर ११० रन बनाएको थियो।

जारी विश्वकपमा भारत समूह ‘ए’ बाट सुपर आठ प्रवेश गर्ने पहिलो टोली बनेको छ। जारी प्रतियोगितामा भने भारत सुपर आठमा पुग्ने तेस्रो टोली हो। यसअघि दक्षिण अफ्रिका र अस्ट्रेलियाले अन्तिम खेल अगावै सुपर आठमा स्थान बनाइसकेका छन्।

न्युयोर्कस्थित नसाउ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १० रन बनाएको थियो । जवाफमा भारतले उक्त लक्ष्य १८.२ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो।

भारतको जितमा सुर्यकुमार यादवले सानदार अविजित अर्धशतकीय इनिङ खेले । ५० रन बनाएर अविजित रहँदा उनलाई शिवंम दुवेले ३१ रन बनाएर साथ दिए। त्यसअघि ऋषभ पन्तले १८ रन बनाएका थिए। ओपनरद्वय रोहित शर्मा ३ रन र विराट कोहली पहिलो बलमै शून्य रनमा आउट भएका थिए।

पहिले ब्याटिङ गरेको अमेरिकाका लागि स्टेभन टेलरले २४ रन बनाउँदा नितिश कुमारले २७ रन बनाए। त्यस्तै कोरी एन्डरसनले १५ रन बनाउँदा हर्मित सिंहले १० रन बनाउँदा कप्तान एरोन जोनेस र स्याड्ली भान साल्यक्यले ११ रन बनाए।

भारतका लागि अर्सदीप सिंहले ४ विकेट लिँदा हार्दिक पाण्ड्याले २ विकेट हात पारे। त्यस्तै अक्षर पटेलका नाममा एक विकेट रह्यो।

आज समुह सी अन्तर्गत वेस्ट इन्डिज र न्यूजील्याण्डको खेल जारी छ । ट्रीनीडाडको ब्रायन लारा स्टेडियममा भैरहेको यो खेल नेपाली समय अनुसार विहान ६; १५ बजेदेखि शरू हुने भएको हो ।

वेस्ट इन्डिजले जारी विश्वकपका आफ्ना शुरुका दुवै खेलमा जित हासिल गरेर ४ अंक बटुलेको छ । वेस्ट इन्डिजले युगाण्डा र पिएनजीलाई पराजित गरेको थियो । त्यस्तै न्यूजील्याण्डले भने आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग हार बेहोरेर खराब शुरुवात गरेको छ ।

त्यस्तै आज अर्को खेल समुह डी अन्तर्गत बंगलादेश र नेदरल्याण्डसबीच हुदै छ । सेन्ट भिसेन्टस्थित अर्नोस भेल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ ।

दुवै देशका लागि सुपर ८ मा पुग्न यो खेल जित्नै पर्ने दबाब रहेको छ । यस अघि दुवैले खेलेका २-२ खेलमा एक जित र एक हार बेहोरेका छन् । बंगलादेशले श्रीलंकालाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकासँग हार बेहोरेको थियो । त्यस्तै नेदरल्याण्डसले नेपाललाई पराजित गरेको थियो भने दक्षिण अफ्रीकासँग पराजित भएको थियो ।

यस समुहबाट दक्षिण अफ्रिकाले ३ खेलमा तिनै खेल जितेर सुपर ८ मा पुगिसकेको छ भने श्रीलंकाले ३ खेलमा २ हार र एक नेपालसँगको खेल बर्षाले रद्ध भएपछि एक अंक हासिल गरेको छ । श्रीलंकाको यस विश्वकपमा सुपर ८ को सम्भावना लगभग सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array