टी-२० विश्वकप: श्रीलंकासँग भिड्दै नेपाल, पाँच गल्ती नगरे बलियो श्रीलंका पराजित गर्न सक्षम हुनेछ नेपाल !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ जेष्ठ २०८१, मंगलवार
5 Min Read
Aa

काठमाडौं – टी-२० विश्वकप अन्तर्गत नेपालले दोस्रो खेल बुधबार बिहान श्रील‌ंकासँग खेल्दैछ । अमेरिकास्थित फ्लोरिडाको मैदानमा हुने नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार बुधबार बिहान ५ः १५ बजे सुरुबाट हुनेछ ।

पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको नेपाली टोली श्रील‌ंकासँग जित्नै पर्ने दबाबमा छ । नेपाल श्रील‌ंकासँग पराजित हुन पुगेको खण्डमा सुपर आठमा पुग्ने सम्भावना न्युन बन्नेछ ।

नेपालले सुपर आठमा पुग्नका लागि अन्य टिमको नतिजामा भर पर्नुपर्ने अवस्था आउनेछ । त्यसकारण श्रील‌कासँगको खेल जत्तिनै पर्ने दबाब नेपाली टोलीमाथि छ । नेपाली क्रिकेट टोलीले ड्यालसमा भएको नेदरल्याण्ड्ससँगको खेल सकिएपछि जुन ५ मा फ्लोरिडा आएर अभ्यास गरेको छ ।

नेदरल्याण्ड्ससँगको हारबाट नेपालले सिक्नुपर्ने कुरा

१ पहिलो खेलमा गरेकाे गल्ति दोहोर्‍याउनु हुँदैन

नेदरल्याण्ड्सको तुलनामा श्रीलंका बलियो टोली हो । श्रीलंकाले सन् २०१४ मा सम्पन्न टी-२० विश्वकपको पाँचौँ संस्करणको उपाधि जितेको थियो । त्यतिबेला श्रीलंकाले फाइनलमा भारतलाई ६ विकेटले हराएको थियो ।

श्रीलंका २००९ र २०१२ को टी २० मा फाइनलमा पुगेको थियो । त्यस्तै श्रीलंका क्रिकेट टिमले वर्तमानमा क्रिकेटको सबै क्षेत्रमा राम्रो प्रदर्शन गर्दै कयौँ विश्व रेकर्ड कायम गरेको छ । अर्कोतर्फ हालसम्म श्रीलंकासँग नेपालले कुनै खेल खेलेको छैन । त्यसकारण श्रीलंकामाथि जित हात पार्न नेपाली टोलीलाई सहज छैन ।

श्रीलंकामाथि जित हात पार्न नेपालले नेदरल्याण्ड्ससँगको खेलमा गरेका कमिकमजोरीलाई सुधार गर्नुपर्ने हुन्छ । नेपाल र नेदरल्याण्ड्सँग भएका खेलको नतिजा हेर्दा दुबै टोलीबीच कडा टक्कर भएको छ ।

तुलनात्मक रुपमा आफ्नै बाराबरीको टोली नेदरल्याण्डसँग पनि नेपाल ६ विकेटले पराजित हुन पगेको थियो । यदि नेदरल्याण्ड्ससँगको खेलमा झैँ नेपाली टोली ब्याटिङ र फिल्डिङमा चुक्यो भने श्रीलंकासँग पनि हार ब्यहोरनु पर्नेछ ।

२ ओपनर आसिफ शेख र कुशल भुर्तेलले लामो इनिङ खेल्नसक्नु पर्छ

नेदरल्याड्सँग नेपालका नेपालका ओपनर आसिफ शेख र कुशल भुर्तेलले निराशजन प्रर्दशन गरेका थिए । नेपालले दुवै ओपनरलाई तेस्रो ओभर भित्रै गुमाएको थियो । शेखले ४ रन र भुर्तेलले ८ रनमात्र बनाएका थिए ।

तेस्रो ओभर भित्रै दुई ओपन गुमाएपछि अन्य ब्याट्सम्यानलाई दबाब पर्‍यो र लगातार विकेट गएको थियो । त्यसकारण श्रीलंकासँगको खेलमा शेख र भुर्तेलले लामो इनिङ खेल्न सकेमा अन्य ब्याट्सम्यानलाई दबाब कम हुनेछ । अन्तिममा आउने हिटरलाई बाउन्ड्री हिर्काउन उच्च मनोबल बढ्नेछ ।

३ नेपाली टोलीले सम्हालिएर खेल्नु पर्छ

नेदरल्याण्ड्ससँगको खेलमा नेपाली टोली फिल्डिङमा धरमराएको थियो । हातमा आएको सहज क्याचलाई पनि खेलाडीहरूले छाड्न पुगेका थिए । १७ ओभरको खेल समाप्त हुँदा नेदरल्यान्ड्सले ४ विकेट क्षतिमा ८८ रन मात्र बनाएको थियो । नेदरल्यान्ड्सलाई जितका लागि १८ बलमा १९ रनको आवश्यक थियो ।

स्लो पीचमा नेदरल्यान्ड्सका ब्याट्सम्यानहरुलाई रन बनाउन त्यति सहज भइरहेको थिएन । ब्याट्सम्यानहरूले चौका र छक्काका हिर्काउन सकिरहेका थिएनन् । ब्याट्सम्यानहरुले एक रनका लागि संघर्ष गर्न परिरहेको थियो । नेपाली बलरहरूले ब्याट्सम्यानहरुलाई दबाबमा राखेका थिए ।

तर, नेपाली खेलाडी १७ ओभरपछि सम्हालिन नसकेपछि पराजित हुनु परेको थियो । त्यसैले नेदरल्याण्ड्ससँगको खेल अन्तर्गत फिल्डीङमा गरेको गल्ती नेपाली टोलीले दोहोर्‍याउनु हुँदैन । श्रीलंकाजस्तो बलियो टिमसँग नेपालले सम्हालिएर खेल्न सकेमा नतिजा आफ्नो पक्षमा ल्याउन सहज हुनेछ ।

४ कप्तान पौडेलले उपयुक्त समयमा बलरको प्रयोग गर्न सक्नुपर्छ

कप्तान रोहित पौडेल नेदरल्याण्ड्ससँगको खेलमा बलरको प्रयोगमा पनि चुकेका थिए । नेपालसँग भएका बलरलाई उपयुक्त समयमा प्रयोग गर्नसक्नु पर्छ । विकेट नआइरहेको बेला अन्य बलरलाई पनि कप्तान पौडेलले अवसर दिनुपर्छ । नियमित फ्रन्टलाइन बलरमै निर्भर रहनु हुँदैन ।

५ फ्लोरिडाको पिचको अवस्थालाई बुझ्‍न सक्नुपर्छ

नेपालले नेदरल्याड्ससँग हार्नुको मुख्य कारण ग्राण्ड प्रेरी मैदानको पिच कन्डिसन बुझ्‍न नसक्नु पनि एक थियो। पिचमा स्वींङ बढी भइरहेको थियो । जनु नेपाली ब्याट्सम्यानले बुझ्‍न सकेनन् ।

लामो सट खेल्न खोज्दा नेपाली ब्याट्सम्यान क्याच आउट भइरहेका थिए । त्यसकारण अब हुने खेलमा रन बनाउन सहजताका लागि फ्लोरिडाको पिचको अवस्थालाई नेपाली टोलीले बुझ्नुपर्ने हुन्छ ।

लाउडर हिलस्थित ‘सेन्ट्रल ब्रोवर्ड क्रिकेट स्टेडिअम’ नयाँ र‌ंगशाला हो। सन् २००७ मा निर्माण गरिएको यो रंगशाला अमेरिकाको दोस्रो ठूलो क्रिकेट रंगशाला हो। यद्यपि २०,००० दर्शक अटाउन सक्ने यो रंगशाला विश्वकपका लागि पुनः तयार गरिएको थियो।

एक साताअघि फ्लोरिडामा आएको हावाहुरीका कारण रंगशालामा क्षति पुगेपछि तीन दिनअघि यसको मर्मत गरिएको थियो। नेपाल र श्रीलंकाबीच हुने विश्वकपको खेल नै यहाँ हुने पहिलो खेल हो। त्यसैले पिचको अवस्था बुझ्‍न सक्ने टोलीलाई बाउन्ड्री हिर्काउन सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array