प्रधानमन्त्रीको भारत भ्रमणदलमा को-को छन् सहभागी ? फिर्ता बोलाईएका राजदूत शर्मा अटेनन्

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ जेष्ठ २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ दिल्ली पुगेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको शयथ समारोहमा सहभागी हुन प्रचण्ड त्यसतर्फ प्रस्थान गरेका हुन् ।

दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेश मन्त्रालयको स्पेसल डिउटी महाशाखाका अधिकारीले स्वागत गरेका परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ ।

- Advertisement -
Ad imageAd image

मोदीले आइतबार बेलुका सवा ७ बजे राष्ट्रपति भवनमा विशेष समारोहबीच तेस्रो कार्यकालका निम्ति शपथ लिएका छन् । शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार नै त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा आजबाट सुरु भएको भारतको औपचारिक भ्रमणमा सहभागी हुने टोलीमा १३ जना अटाएका छन् । यता प्रचण्डको भ्रमण टोलीमा हालै फिर्ता बोलाईएका भारतका लागि नेपाली राजदूत डा शंकर शर्मा भने अटाएनन् । उनलाई बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले फिर्ता बोलाउने नर्णिय गरेको थियो ।

यी हुन प्रचण्ड नेतृत्वको भ्रमण दलमा सहभागी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पदम गिरी (मन्त्री, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय) गङ्गा दाहाल (प्रधानमन्त्रीकी छोरी) सेवा लम्साल, (सचिव, परराष्ट्र मन्त्रालय), भृगु ढुङ्गाना, (सहसचिव, परराष्ट्र मन्त्रालय) डा. सुरेन्द्र थापा, (मिनिष्टर नियोग उपप्रमुख, नेपाली राजदूतावास नयाँ दिल्लीबाट सहभागी) विष्णुप्रसाद गौतम, (शिष्टाचार महापाल, परराष्ट्र मन्त्रालय) प्रवीण भट्टराई (शिष्टाचार अधिकृत, परराष्ट्र मन्त्रालय) निरज भण्डारी, (प्रधानमन्त्रीका पार्श्ववर्ती) प्रनाउ सिद्धराज न्यौपाने (प्रधानमन्त्रीका सुरक्षा अधिकृत) सेनानी राजकुमार श्रेष्ठ, (प्रधानमन्त्रीका सुरक्षा अधिकृत)

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्