भारत जानुअघि प्रधानमन्त्री प्रचण्डले गरे राष्ट्रपति पौडेलसँग भेट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ जेष्ठ २०८१, शनिबार
0 Min Read
Aa

काठमाडौं – भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवन शितलनिवासमा शनिबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले आसन्न भारत भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

- Advertisement -
Ad imageAd image

भेटमा अन्य समसामयिक विषयमा पनि कुरा भएको जनाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आईतबार भारत जाँदैछन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्