विश्वकप खेल्न अमेरिका पुगेको क्रिकेट टोलीलाई राष्ट्रपति पौडेलको फोन, उच्च मनोबलका साथ खेल्न शुभकामना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ जेष्ठ २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी पुरुष टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन अमेरिका पुगेको नेपाली टोलीलाई उच्च मनोबलका साथ खेल्न शुभकामना दिएका छन्।

राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रतिनिधिमण्डलका सदस्यलाई टेलिफोन गरेर उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिएका हुन् । उनले सम्पूर्ण नेपाली क्रिकेट टोलीका साथमा रहेको भन्दै उच्च मनोबलका साथ मैदानमा उत्रिएर सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरेको राष्ट्रपति पौडेलको स्वकीय सचिवालयले जनाएको छ ।

- Advertisement -
Ad imageAd image

राष्ट्रपति पौडेलले नेपालले खेल्ने खेल सम्पूर्ण नेपालीले विश्वभर जहाँ भए पनि हेरेर नेपाली टोलीको हौसला बढाउने पनि विश्वास व्यक्त गरेका छन् । अमेरिका र वेस्टइन्डिजले संयुक्त रुपमा आयोजना गरेको आइसिसी पुरुष टी-२० विश्वकप क्रिकेट प्रतियोगिता यही जेठ १९ गतेदेखि सुरु भएको छ । उक्त प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेल आज राति ९ः१५ बजे नेदरल्याण्ड्ससँग खेल्दै छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्