१५ वर्षीया किशोरीलाई बलात्कार गर्ने १७ वर्षका किशोरलाई ८ वर्ष कैद

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ जेष्ठ २०८१, शुक्रबार
1 Min Read
Aa

सप्तरी – सप्तरी जिल्ला अदालतले १५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा राजविराजनगरपालिका १ पडरियाका १७ वर्षीय किशोरलाई आठ वर्षको कैद सजाय हने फैसला सुनाएको छ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलाशले रु ५० हजार रुपैयाँ किशोरीलाई क्षतिपूर्ति दिनुपर्ने रु ३६ हजार तीन सय ३३ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो।

- Advertisement -
Ad imageAd image

विद्यालय पढ्न गएकी किशोरी (परिवर्तित नाम-१६५)लाई विभिन्न प्रलोभन देखाइ ती किशोरले विसं २०७९ कात्तिक २ गते राजविराजस्थित राजदेवी होटलमा लगेर बलात्कार गरेका थिए। पीडितकी आमाले घटना लगत्तै दिएको उजुरी प्रहरीले दर्ता गर्न मानेको थिएन। होटलमा दुवै जना बसेको प्रमाण फेला परेपछि सप्तरी प्रहरीले विसं २०८० असोज २४ गते पुनः उजुरी दर्ता गरेको थियो।

आरोपित किशोर विसं २०८० असोज २४ गते पक्राउ परेका थिए। जिल्ला अदालतमा विसं २०८० कात्तिक १३ गते अभियोग पत्र दायर भएकामा न्यायाधीश सञ्जिव पोखरेलको इजलासले गत कात्तिक १४ गते किशोरलाई बाल सुधारगृह वीरगञ्ज पठाएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्