वैकल्पिक गठबन्धन बनाउन माधव, उपेन्द्र र महन्थसमक्ष देउवाकाे प्रस्ताव

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ जेष्ठ २०८१, बुधबार
2 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकीकृत समाजवादी, जसपा नेपाल र लोसपाका शीर्ष नेताहरुसँग भेटवार्ता गरेका छन् ।

बिहीबार बुढानिलकण्ठमा सभापति देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता मेटमणि चौधरी, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर र नेता शरतसिंह भण्डारी लगायतका नेताहरूसँग भेटवार्ता गरेका हुन् ।

- Advertisement -
Ad image

उनीहरुबीच मधेश प्रदेशमा वैकल्पिक गठबन्धनको सरकार बनाउनेबारे छलफल भएको छ । देउवाले मधेस सरकारको नेतृत्व एमाले र माओवादी तिर जान नदिनको लागि वैकल्पिक गठबन्धन बनाउनुपर्ने प्रस्ताव गरेका थिए । देउवाको प्रस्तावलाई अन्य नेताहरूले सकारात्मक प्रतिक्रिया दिएका थिए ।

त्यस्तै बुढानिलकण्ठमा उनीहरुबीच पछिल्लो राजनीतिक घटना क्रम र सहकारी ठगी प्रकरणबारे छलफल भएको छ । यता केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि मधेस प्रदेश सरकारबाट एमाले र माओवादी केन्द्रले वैशाख ३० मा सरकार छाडेका थिए ।

साेही दिन एमाले र माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । त्यसपछि मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा छन् । हाल मधेशमा एमाले, माओवादी केन्द्र तथा जनमत पार्टीले नयाँ सरकार गठनको पहल गरिरहेका छन् ।

यता उपेन्द्र यादवले भने कांग्रेस, लोसपा, एकीकृत समाजवादी लगायतका दलको साथमा तत्काललाई सरकारको निरन्तरताको सुनिश्चितता गर्ने रणनीति बनाइरहेका छन् । मधेश प्रदेशसभामा कांग्रेसका २२, जसपा नेपालका १९, एकीकृत समाजवादीका ७ र लोसपाका ८ गरी ५६ सांसद छन् । १०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्