जेठ १६ गते बुधबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ जेष्ठ २०८१, बुधबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ जेठ १६ गते बुधबार ई.सं.२०२४ मे २९ नेपाल सम्बत ११४४ बछलागा षष्ठी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, जेष्ठ कृष्ण षष्ठी, चन्द्रमा मकर राशिमा श्रवण नक्षत्र, एन्द्र योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५: ०८ बजे भयो भने सूर्यास्त साँझ ०६: ५३ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिने समय छ । विशेष सभा–समारोहमा भाग लिने अवसर आउला । आयआर्जनका नयाँ स्रोतहरू थपिनेछन् । दायित्व बढ्नेछ, मानसम्मान पनि पाइनेछ । सामाजिक काममा रुचि जाग्ला । रसरागमा आकर्षण र दाम्पत्य सुख बढ्नेछ । आरोग्यता रहला ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने समय छ । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । अध्ययन तथा अध्यापनमा सुधार आउला । रोकिएको काम बन्नेछ । स्वास्थ्य सबल रहला । पराक्रम वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान प्राप्त हुने योग छ । यात्रापरक काम बन्नाले उत्साह वृद्धि होला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आर्थिक अभावले सताउन सक्छ, तर पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने दिन छ । विश्वास गरेकाले धोका दिन सक्छन्, होसियार रहनुहोला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्ने योग छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । तपाईंको विशेष सुझबुझका कारण समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कर्मबल बढ्नेछ । आजको दिन मित्रजनको सहयोग पनि मिल्ला । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । व्यवसायमा केही उतारचढाव आउने योग छ । स्वास्थयसम्बन्धी समस्याले सताउन सक्छ । विद्यार्थीहरूका लागि भने अनुकूल समय छ । प्रेमभाव पैदा हुनुका साथै रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): पराक्रम बढ्नेछ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । व्यापार–व्यवसायमा विस्तार हुनेछ । नाता–कुटुम्बको सहयोग प्राप्त होला । कृषिकर्म र चौपायाबाट राम्रै लाभ हुनेछ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): श्रमको उचित मूल्यांकन हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । रोकिएका काम सुरु हुनेछन । सन्तानबाट सुख मिल्ने योग छ । बौद्धिक पक्ष सबल बन्नुका साथै मानसम्मान पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । पारिवारिक सुख शान्ति र समृद्धि बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्ने योग छ । धन मान महत्वमा कमी आउनेछैन ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सुख वृद्धि हुनेछ । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ, साथै धन आर्जन होला । मिठो भोजन प्राप्त होला । उन्नति पदोन्नति हुनेछ । विलासी काममा आकर्षण बढ्नेछ । कार्य व्यवहारमा सफलता प्राप्त होला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): धेरै परिश्रमबाट थोरै लाभ मिल्ने समय छ । घरखर्च पनि बढ्नेछ । पति र पत्नीबीच असमझदारी बढ्न सक्छ । छरछिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनिसमस्याको समाधान मिल्नेछ । कठोर मिहिनेतले काममा सफलता प्राप्त होला । मिठो भोजन प्राप्त गर्नुहुनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आयआर्जन बढ्ने समय छ । आज स्वास्थ्यसम्बन्धी समस्याले केही सताउन सक्छ, सचेत रहनुहोला । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिन सक्छन्, सावधान रहनुहोला । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्ने समय छ । कृषि र पशुपालनबाट फाइदा होला । यात्रागत कार्य उपलब्धिमूलक बन्नेछ । नयाँ शिप तथा ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । सन्तानबाट सुख मिल्नेछ । शुभ समाचार प्राप्त हुनेछ । आरोग्यता वृद्धि हुनेछ । परिवारिक सुख रहला । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । भएको दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): शुभता र भाग्यबल बढ्नेछ । आजको दिन चिताएको काम बन्ने देखिन्छ । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका मिल्ला । कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ । परिश्रमको राम्रो मूल्यांकन हुुनेछ भने नयाँ काम बन्नेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । आरोग्यता रहला । शुभ समाचार प्राप्त हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । विद्यार्थीहरूमा भने पढाइलेखाइको स्तर खस्कने योग छ । आजको दिन पारिवारिक समस्याहरू देखापर्न सक्छन् । मित्रजनसँग मनमुटाव हुन सक्छ, सचेत रहनुहोला । आफन्तको साथ कमै मिल्नेछ । साझेदारीको काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त होला ।

तपाईको दिन शुभ रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्