गण्डकीमा एमाले नेतृत्वको सरकार ढल्यो, कांग्रेसका पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वोच्चकाे परमादेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ जेष्ठ २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – सर्वोच्च अदालतले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गर्दै ठूलो दलका नेता सुरेन्द्रराज पाण्डेलाई नियुक्ति गर्न परमादेश जारी गरेको छ। सर्वोच्च अदालतले अधिकारीले लिएको विश्वासको मतलाई बदर गर्दै उनलाई पदमुक्त हुने फैसला सुनाएको हो।

सर्वोच्चका न्यायाधीशद्वय सुनीलकुमार पोखरेल र कुमार रेग्मीको संयुक्त इजलासले अधिकारीले लिएको विश्वासको मत बदर गर्दै रिट निवेदनकर्ता नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त गर्न परमादेश पनि जारी गरेको छ।

- Advertisement -
Ad imageAd image

एमाले नेता अधिकारीले गत आइतबार प्रदेश सभाबाट विश्वासको मत लिएका थिए। गण्डकीका सभामुख कृष्ण धितालले ६० सदस्यीय प्रदेशसभामा ३० सिटलाई बहुमत घोषणा गरेर अधिकारीले बहुमत प्राप्त गरेको बताएका थिए। उनले आफूसँग पनि मत हाल्न पाउने अधिकार रहेको बताएका थिए।

६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३० मत परेको थियो भने विपक्षमा २७ तथा २ जना तटस्थ बसेका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्