अहिलेकाे जस्तो अवस्था ज्ञानेन्द्रको शासनमा समेत नभएको गगन थापाको आरोप

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ जेष्ठ २०८१, आईतवार
1 Min Read
Aa

काठमाडाैं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तागठबन्धनको रवैया निरंकुशताउन्मुख र अनुदारवादी देखिँदै गएको टिप्पणी गरेका छन्।

नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले सञ्चारमाध्यको बिषयवस्तुमाथि नियन्त्रण गर्न खोज्ने, संसदमा प्रतिपक्षीलाई बोल्न रोक्ने जस्ता सत्तागठबन्धनको रवैया निरंकुशताउन्मुख र अनुदारवादी देखिएको बताएका हुन्।

- Advertisement -
Ad image

सञ्चारमाध्यमलाई नियन्त्रण गर्न खोज्ने अहिलेको प्रवृति चिन्ताजनक रहेको भन्दै उनले अहिले जस्तो अवस्थामा ज्ञानेन्द्र शाहको शासनमा समेत नदेखिएको तर्क गरे।

उनले सत्ताको रवैको विरोध गर्दै काठमाडौंमा कांग्रेसले वृहत प्रदर्शन भएको र यो कुनै व्यक्ति केन्द्रीत नभएको जिकिर गरे। महामन्त्री थापाले सहकारी प्रकरणमा संसदीय छानविन समिति कांग्रेसले भनेकै जस्तो बन्ने र यस बिषयमा संसदबाटै लड्ने स्पष्ट पारे।

उनले कुनै पनि व्यक्तिको व्यवसायिक र निजी जीवनको कर्मको जवाफदेही सोहि व्यक्ति नै हुनुपर्ने भएपनि कैलाश सिरोहियामाथिको अनुसन्धानको प्रक्रिया उचित नभएको दाबी गरे।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्