जेठ १३ गते आईतबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ जेष्ठ २०८१, आईतवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ जेठ १३ गते आईतबार ई.सं.२०२४ मे २६ नेपाल सम्बत ११४४ बछलागा तृतीया, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, जेष्ठ कृष्ण तृतीया, चन्द्रमा धनु राशिमा मूल नक्षत्र, साध्य योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५ः०९ बजे भयो भने सूर्यास्त साँझ ०६ः५२ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सामान्य प्रयासबाटै काममा सफलता मिल्ने दिन छ । साथीभाइले काममा सहयोग जुटाउनेछन् । वैदेशिक क्षेत्रका अधुरा काम बन्नेछन् । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । रोकिएको काममा सफलता मिल्नेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): समय केही चुनौतीपूर्ण छ । आजको निर्णय गलत ठाउँमा पर्न सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नपर्ला । कडा प्रयास गरे पनि सफलता हात नलाग्न सक्छ । कतै वादविवाद हुन सक्छ । कामको बोझले थाकेको महसूस होला । तथापि, बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान हात पर्ला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): मनमा दुविधा रहन सक्ने दिन छ तर सामाजिक काममा नाम रहने छ । शिक्षा क्षेत्रमा सफलता हासिल होला । ब्यापारबाट सोचे झैँ लाभ हुनेछ तर नयाँ कामको सुरुवात खासै राम्रो छैन । सन्तानसुख प्राप्त हुनेछ । आरोग्यता रहला । शत्रुमाथि विजय प्राप्त हुनेछ । रोग र शत्रु परास्त हुने योग छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): भौतिक सुख-सुविधाको साधन प्राप्ति हुनेछ । शिक्षा क्षेत्र शुभ रहेको छ । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनुपर्ने समय छ, यसले मान-प्रतिष्ठामा बढोत्तरी हुनेछ । काम बन्नाले मन रमाृउने छ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धन मान महत्व बढ्नेछन् । रसरागमा आकर्षण रहनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । सुख बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): परिवारबाट टाढा बस्नुपर्ने समय छ । रमाइलो यात्रा होला । बोलीमा सजगता नअपनाए झूटा आरोप लाग्न सक्छ, सावधान रहनुहोला । साहित्यिक कार्यमा मन जाने छ । सोच्दै नसोचेको स्थानबाट लाभ हुने योग छ । पराक्रम बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशांति रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सावधान रहनुहोला । स्वास्थ्य पनि केही कमजोर रहन सक्छ, खानपानमा सजग रहनुहोला । खर्च नियन्त्रणको लागि विशेष प्रयास गर्नुहोला । यात्रागत कार्यमा सफलता मिल्नेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ । विवेकको सही प्रयोगले समस्याको समाधान मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): बुद्धिविवेकले राम्रो काम गर्नेछ । अनायासै ठिक निर्णय होला । आर्थिक पक्ष सबल बन्नेछ भने चुनौतीहरू सजिलै पार लाग्नेछन् । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् । सुख वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । विलासी काममा आकर्षण रहला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): प्रतिस्पर्धीहरू पराजित हुनेछन् । आँटेगरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा हुने समय छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा विशेष फाइदा हुनेछ । कठोर मिहिनेतले काममा सफलता प्राप्त हुनेछ । परिवारिक सुख बढ्नेछ भने रोकिएको काम बन्ने योग छ । सामर्थ्य, आरोग्यता र सुख वृद्धि हुनेछ । बौद्धिक तथा रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सामाजिक एवं राजनैतिक क्षेत्रमा गरेको योगदानले मानसम्मान मिल्ने समय छ । मित्रवर्गबाट साथ सहयोग पाइनेछ । केही घरायसी समस्या रहेपनि गरेका कार्य सफल हुनाले गर्दा मन सन्तुष्ट रहनेछ । आयआर्जन राम्रै होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण रहनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): नयाँ काम सुरु गर्ने समय छ । तर, अरूको भर पर्दा काममा धोका हुने योग छ । खर्चको मात्रा भने बढ्न सक्छ । काममा ढिलासुस्ती आउनुका साथै आर्थिक हानी हुनसक्छ, सावधान रहनुहोला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । नियमकानूनले साथ दिनेछ । भएको दायित्वलाई पूरा गर्नुहुनेछ । आजको दिन यात्रा भने सुखद नरहला, भरसक टारेकै राम्रो हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिने समय छ । स्वास्थ्यमा देखिने समस्याले नियमित काम एवं पढाइलेखाइ प्रभावित होला । काममा लगनशील भएर लागिपर्दा सोचेअनुसार फाइदा हुने छैन । बन्न लागेको काम बिग्रन पनि सक्ने योग छ । मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दौडधुप बढ्नेछ तर नयाँ काम सुरु गर्ने समय छ । ब्यवसायबाट राम्रै लाभ होला । विशेषतः आर्थिक पक्ष आज सन्तोषजनक रहनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने योग छ । जोखिमप्रति सचेत रहनुहोला । साझेदारीको काम बन्नेछ । सुखविलास बढ्नुका साथै मिठो भोजन प्राप्त हुनेछ ।

तपाईको दिन शुभ रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्