बालेनको सांकेतिक विद्रोहः मन्त्री महासेठलाई पठाए धुलो उपहार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ जेष्ठ २०८१, शनिबार
2 Min Read
Aa

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धुलो उपहार पठाएका छन् । विगत १५ बर्षदेखि काठमाडौंका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको भन्दै उनले सांकेतिक रुपमा मन्त्रीलाई धुलो उपहार पठाएका हुन् । महानगरको गाडीले सडक डिभिजन कार्यालय काठमाडौं अगाडि धुलो खसालेको छ ।

महानगरपालिका प्रमुख शाहले उक्त भिडियो सार्वजनिक गर्दै सडक निर्माणका अपूरा काम अगाडि नबढेसम्म दैनिक पायक पर्ने ठाउँमा धुलो उपहार पठाउने पनि बताएका छन् । उनले संघीय सरकारका कारण काठमाडौं महानगरले गाली खानुपरेको समेत उल्लेख गरेका छन् ।

- Advertisement -
Ad imageAd image

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्ः

माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यु !
तपाईँको ठाडो आदेशले भईरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यहि आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ बर्षदेखि काठमाडौको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ । काठमाडौमा हुने आधा भन्दा बढि प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढि गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ । र, काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ ।

यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु । माया सम्झेर स्वीकार्नु होला ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्