काठमाडौ – फिल्म समीक्षा प्रकाशन गरेकै आधारमा चलचित्र फर्कि फर्कि टिमले सूत्र न्युज टिमलाई गालीगलौज गर्दै धम्की दिएको छ ।
सूत्र न्युजका रंग पत्रकार अनिल यादवले “कमजोर पटकथाका साथ फर्किए अनमोल, फर्किएला त स्टारडम” शिर्षकमा लेखेको फिल्म समीक्षा प्रकाशन भएपछि निर्माता रोहित अधिकारीले सूत्र न्युजका प्रबन्ध निर्देशक तथा अध्यक्ष केशव खड्कालाई शुक्रवार राति पटक पटक धम्की दिएका अधिकारीले शनिबार बिहानै पनि सत्तोसराप गर्दै समाचार विरुद्व प्रहरीमा उजुरी लिएर जाने धम्की दिरहेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमा टेक्स्ट मेसेज गरेर तथा अडियो अडियो कल गरेर धम्की दिएका हुन । त्यसक्रममा उनले प्रयोग गरेको शब्द र भाषा सार्वजनिक रुपमा उल्लेख गर्न नसकिने प्रकृतिको छ । फिल्म समिक्षा या कुनै पनि समाचार सामग्री लेख्ने र प्रकाशन गर्ने अधिकार प्रकाशकले नभएर पत्रकार तथा सम्पादकलाई हुन्छ भन्ने कुराको हेक्का नराखी उनले प्रकाशक तथा अध्यक्ष खड्काविरुद्ध प्रहरीमा केस गर्ने धम्की दिएका छन् । ‘फिल्म समीक्षा प्रकाशन भएपछि मलाई निरन्तर धम्की आयो’ खड्काले भने ‘हामी कानूनी कारवाहीमा जान्छौँ’ ।
फिल्म समीक्षा प्रकाशन भएपछि पत्रकार अनिल यादवलाई समेत अपरिचित व्यक्तिहरुले मेसेन्जरमार्फत भौतिक आक्रमण गर्नेसम्मको धम्की दिएका छन । ति व्यक्तिलाई निर्माता अधिकारी र टिमले नै परिचालन गरेको हुन सक्ने यादवको आशंका छ ।
समाचार सामग्रीमा चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी दिन सक्ने कानूनी व्यवस्था छ । तर फर्की फर्की चलचित्रका निर्माताले यसको बेवास्ता गर्दै समाचार संस्था र टिमलाई गालीगलौजसहित धम्की दिएर कानूनी व्यवस्थाको ठाडो उल्लंघन गरेकोमा आफ्नो ध्यानाकर्षण भएको चलचित्र क्षेत्रका संचारकर्मीहरूले ‘फर्की फर्की’का निर्माता अधिकारीको आलोचना गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्