आज मिति वि.सं.२०८१ जेठ १२ गते शनिबार ई.सं.२०२४ मे २५ नेपाल सम्बत ११४४ बछलागा द्धितीया, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, जेष्ठ कृष्ण द्धितीया, चन्द्रमा वृश्चिक राशिमा जेष्ठा नक्षत्र, सिद्धि योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५:१० बजे भयो भने सूर्यास्त साँझ ०६:५१ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): विभिन्न अवसरले पछ्याउनेछन् । अप्ठ्यारा काममा सहयोगीहरूको साथ पाइनाले चुनौती घट्नेछ । व्यापार–व्यवसायमा फाइदा होला । तपाईंका कामले अरूलाई आकर्षित गर्न सकिनेछ । दाम्पत्यसुख बढ्नेछ । रोकिएको काममा सफलता मिल्नेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): पराक्रम वृद्धि भएपनि समय केही चुनौतीयुक्त छ । काममा फुकी–फुकी कदम चाल्नु हितकर होला । अभिव्यक्तिको गलत अर्थ लाग्नाले विवादमा परिने योग छ, सचेत रहनुहोला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । सहयोगीहरू नै प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् । तथापि, सामाजिक कार्यबाट प्रतिष्ठा मिल्नेछ योग छ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आँटेका काम बिस्तारै भए पनि सम्पन्न हुनेछन् । तर, आफन्तहरू टाढिनेछन् भने सहयोगीहरूले समेत साथ छाड्ने योग छ । कमी-कमजोरीलाई सुधार गर्न चाहेमा सफलता मिल्ने समय छ । आँट साहस पराक्रम बढ्नेछन् । शत्रुमाथि विजय प्राप्त होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । प्रतिष्पर्धीमाथि विजय प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): व्यस्तता बढ्नेछ । दायित्व या कर्मप्रति मन जाला । नियमित कार्यमा सहजता उत्पन्न भइ काममा उत्साह थपिनेछ । खर्च केही बढ्ला, तर त्यसको सदुपयोग भइ सन्तोष मिल्नेछ । मान र प्रतिष्ठा कमाउने बेला छ । राजनीति र नोकरीमा पनि प्रसिद्धि बढ्ने समय छ । आम्दानी वृद्धिका साथै मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी हुन पाइएला । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अनुकुलता र पराक्रम बढ्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । दिगो फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ भने रोकिएका काम बन्नेछन् । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । यात्रा गर्नुहुनेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन स्वास्थ्यसम्बन्धी समस्या निम्तन सक्छ, सावधान रहनुहोला । मौसमी रुघाखोकीबाट विशेष सजगता अपनाउनु हितकर होला । अरूका काममा समय खर्चनुपर्ने योग छ । हतारको निर्णयले धोका हुनेछ, तसर्थ सोचसमझका साथ कार्य अघि बढाउनुहोला । स्वास्थ्य कमजोर रहे पनि काममा परिस्थितिले साथ दिनेछ । आरोग्यता बढ्नेछ । सन्तानपक्षको सुख प्राप्त हुनेछ । यात्र सफल होला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): समय शुभदायी छ । रोकिएका काम बन्नुका साथै व्यवसायबाट राम्रो फाइदा हुनेछ । आँटेका काम पुरा हुनेछन् । कामको सन्दर्भमा उच्च व्यक्तिहरूसँग भेटघाट होला । काममा अलिक प्रतिस्पर्धा भने गर्नुपर्ने देखिन्छ । कठिन कार्यमा पनि कोशिस गर्दा सफलता मिल्ने समय छ । सुख वृद्धि हुनेछ । विलासी काममा आकर्षण बढ्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समय लाभदायक देखिन्छ । व्यावसायिक काममा राम्रै फाइदा हुनेछ । सहयोगीहरूले साथ र हौसला दिनेछन् । प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिएला । आजको दिन खर्च भने केही बढ्ने योग छ । कठोर मितिनेतले काममा सफलता प्राप्त हुनेछ । परिवारिक सुख बढ्नेछ । आरोग्यता रहनेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): अरूको मन जितेर अवसर हात पार्न सकिने समय छ । व्यापार-व्यवसायमा विशेष लाभ मिल्ला । व्यावसायिक यात्राको सम्भावना पनि छ । आयआर्जन भए पनि चोटपटकको योग रहेकोले विशेष सजगता अपनाउनुहोला । आयबल बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आकस्मिक खर्च बढ्ने तथा घरायसी समस्याले सताउन सक्ने समय छ । कामको चाप पनि बढ्ने र अर्थ अभावले सताउन सक्ने हुँदा मनमा चिडचिडाहट बढ्न सक्छ । धैर्यताका साथ काम गरे चुनौती पन्छिनेछन् । कुनै महत्वपूर्ण योजना छन् भने आजको लागि थाती राख्नु नै हितकर हुनेछ । विवादबाट बच्ने प्रयास गर्नुहोला । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): काममा चुनौती बढ्ने समय छ । आँटेका काम मुस्किलले मात्र बन्नेछन् । खर्च बढ्नुका साथै आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । भौतिक साधनको क्षति हुने समय रहेकोले विशेष सजगता अपनाउनु हितकर होला । पठनपाठनमा त्यत्ति ध्यान दिन नसकिएला । आरोग्यबल बढ्नेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दौडधुप बढ्नेछ । रोकिएका काम बन्नेछन् भने दिगो आम्दानी हुने काम सुरु गर्न सकिने समय छ । फलदायी यात्रा हुन सक्छ । श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ । लगनशीलताले काममा उत्साह जगाउनेछ । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता र अनुकूलता बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । सुखविलास पनि बढ्नेछ ।
तपाईको दिन शुभ रहोस्


प्रतिक्रिया दिनुहोस्