राष्ट्रपतिलाई भेट्न बिहानै प्रधानमन्त्री प्रचण्ड शितल निवासमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ जेष्ठ २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडाैं – संसद बैठक बस्नु अघि राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहानै शितल निवास पुगेका छन्।

आज बस्ने संसद बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको सरकारले पछिल्लो समय उत्पन्न राजनीतिक परिस्थिति लगायत समयसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री शितल निवास पुगेका हुन्।

- Advertisement -
Ad imageAd image

आज बस्ने प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम पारित गर्ने कार्यसूची छ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनेर प्रस्ताव पेश गर्ने कार्यसूची छ।

तर प्रतिपक्षले सहकारी प्रकरणमा संसदीय छानविन समितिकाे माग राखेर संसद अवरूद्ध गर्दै आएकाे छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्