जेठ १० गते बिहीबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० जेष्ठ २०८१, बिहीबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ जेठ १० गते बिहीबार ई.सं.२०२४ मे २३ नेपाल सम्बत ११४४ बछलाथ्व चर्तुदशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, बैशाख शुक्ल चर्तुदशी, चन्द्रमा वृश्चिक राशिमा विशाखा नक्षत्र, परिधि योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५:१० बजे भयो भने सूर्यास्त साँझ ०६:५० बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिन मिश्रित फलदायी रहला । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् भने श्रमको उचित मूल्य नमिल्न सक्छ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । आम्दानी सामान्यमात्र बढ्नेछ । ईर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन् । आरोग्यता बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । आमोदप्रमोदमा मन जाला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । आयआर्जन राम्रै होला तर सरसापटमा धन खर्च हुने समय छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, सचेत रहनुहोस् । प्रेमभाव वृद्धि हुनेछ । आरोग्यता रहनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): प्रतिभाको कदर हुनेछ भने बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । अरूको भर पर्दा धोका हुन सक्छ, तर ब्यवसायमा राम्रै लाभ हुने योग छ । मान्यजनसँग असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ, सावधान रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): ठूलै प्रयत्न गर्दा पनि सामान्यमात्र फाइदा हुने दिन छ । केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । अरूको सुझावमा भर नपर्नुहोला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । कसैसंग सामान्य मनमुटाव पनि पर्न सक्छ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख रहला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । लगनशील रहनुहोला, कीर्तिमानी काम हुन सक्छ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । सन्तानको सुख प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सामाजिक काममा रुचि बढ्नेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । कतै अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ । घरेलु काममा फाइदा पुग्ने समय छ । काम रोकिएका छन् भने फेरि प्रयत्न गर्नुहोला । विलासी काममा आकर्षण बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): मान र विद्या प्राप्त होला । विशेष उपहार एवम् धनलाभ हुने समय छ । तथापि, आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्ने योग छ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । प्रेमभावका साथै दाम्पत्य सुख बढ्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): कर्मबल बढ्नेछ, तर न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर होला । स्वास्थ्यमा कमजोरी महसूस हुन सक्छ । नचिताएको ठाउँमा धननाश हुने दिन छ । पठनपाठनमा समय दिन नसकिएला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): भाग्यबल बढ्नेछ । केही प्रतिस्पर्धा गर्नुपरे पनि कीर्तिमानी काम सम्पादन हुने दिन छ । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । इर्ष्यालुजनको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । नयाँ काममा हात हाल्ने समय आएको छ । प्रेमको प्रस्ताव प्राप्त हुने योग छ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । दायित्वलाई पूरा गर्नुहुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): भागदौडधुप बढ्नेछ, आरोग्यबल पनि वृद्धि हुनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् भने मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्ला । सानो प्रयत्नले ठूलो काम सम्पादन हुने योग छ । शुभ समाचार प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता मिल्ला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिएपनि आफन्तबाट टाढिनुपर्ने समय छ । सेवामूलक कामबाट धनलाभ होला । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । आरोग्यता र अनुकूलता बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । कुनै पनि समस्याको समाधान मिल्ने योग छ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array