सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाद्वारा अस्वीकार: क्यानले थप पहल गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ जेष्ठ २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं – अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ।

सन्दीपले अमेरिकाले आफुलाई भिसा दिन अस्वीकार गरेको जानकारी दिएका छन्। उनलाई यस अघि २०१९ मा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो। सन्दीप आइसीसी टी–२० विश्वकपका लागि नेपाली टिममा सामेल हुन अमेरिका जाने तयारीमा रहेका थिए।

पाटन उच्च अदालतले सफाई दिएपछि क्यानले उनलाई टिममा सामेल गर्ने प्रक्रिया शुरु गरेको थियो। यसअघि बलात्कारसम्बन्धी मुद्दा लागेपछि नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो। त्यसपछि अमेरिकाले यसअघिको सबै भिसा रद्द गरेकाले उनले भिसाका लागि नयाँ आवेदन दिनु परेको थियो।

क्यानका केन्द्रिय सदस्य दुर्गा पाठकले पनि सन्दीपको भिसा जारी नभएको खबर प्राप्त भएको भन्दै सन्दीप आजै अमेरिका जाने तयारी भएपनि भिसा नपाएपछि थप पहल गर्ने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

Array