धर्मनिरपेक्षता र संघीयता खारेजीको पक्षमा जनमत संकलन गर्दै रास्वपा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ जेष्ठ २०८१, बुधबार
2 Min Read
Aa

काठमाडौं – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धर्मनिरपेक्षता र संघीयता खारेजीको पक्षमा जनमत संकलन गरिरहेको छ । रास्वपाका केन्द्रिय महामन्त्री मुकुल ढकाल अहिले मधेश प्रदेशका जिल्लाहरुमा पार्टीगत हिसाबले समीक्षा बैठक गरिराखेका छन् । आज (बुधबार) सर्लाहीको लालबन्दी नगरपालिकामा आयोजित समीक्षा बैठकमा महामन्त्री ढकालले धर्मनिर्पेक्षता र संघीयता खारेजीको पक्षमा आफनो पार्टीका नेता कार्यकर्तालाई हात उठाएर नै समर्थन र विरोध जनाउन भनेका थिए ।

केहीले धर्मनिरपेक्षता र संघीयता खारेजीको पक्षमा हात उठाएका थिए भने केहिले धर्मनिरपेक्षता र संघीयता जनताको बलिदानीबाट प्राप्त भएकाले खारेजी गर्न नहुने मत राखेका थिए । रास्वपाका लालबन्दी नगर कमिटिको आयोजना तथा नगर अध्यक्ष बालकृष्ण कार्कीको नेतृत्वमा समीक्षा सभा भएको थियो । नगर समिति अध्यक्ष कार्कीले धर्मनिरपेक्षता र संघीयता खारेजीको पक्षमा जनमत संकलन गर्ने महामन्त्री ढकालको कार्यप्रति आफ्नो असन्तुष्टि रहेको बताए ।

नगर समिति अध्यक्ष कार्कीले सबै जातजातीको साझा फुलवारी नेपाल कुनै एकल धर्मको नभएर सबै धर्मको समान अधिकार र पहिचान हुनुपर्नेमा दुईमत नरहेको बताए । धर्मनिरपेक्षता कुनैपनि हालतमा खारिज हुन नहुने र बरु यसमा सुधारको खाँचो रहेको उनले बताए ।

त्यस्तै,रास्वपा सर्लाही जिल्ला उपसभापति पञ्चबहादुर सिन्तानले समीक्षा बैठकबाट जनमत संकल्न गरी भावी रणनीति तय हुने भएकाले यसबारेमा प्रष्ट हुनुपर्ने बताए । ‘महामन्त्री मुकुल ढकाल अहिले मधेश प्रदेशका जिल्लाहरुमा समिक्षा बैठक गरिरहनु भएको छ । यसै समीक्षा बैठकबाट वर्तमान व्यवस्थाप्रति जनमत संकलन गरेर पार्टीले भावी नीति बनाउने सक्ने हुनाले आमजनताको बुझाई धर्मनिरपेक्षता र संघीयता खारेजीको पक्षमा के–कस्तो रहेको छ ? यसबारेमा उहाँले बुझने प्रयास गरिराख्नु भएको हो,’– उनले भने ।

आमजनताको चाहना र अपेक्षाबमोजिमनै रास्वपाले नीति नियम बनाउने भनेर धर्मनिरपेक्षता र संघीयता खारेजीको पक्षमा बहस सुरु गरिएको हुनसकने नगर उपसभापति सिन्तानले बताए । सर्लाहीको लालबन्दीस्थित लालबन्दी पार्टी प्यालेसमा समीक्षा सभा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array