सन्दीपलाई विश्वकपमा पठाउन भिसाको प्रक्रिया अघि बढाइएको क्यानद्वारा जानकारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ जेष्ठ २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – नेपाल क्रिकेट संघले क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछाने आईसीसी टी–२० विश्वकप खेल्न अमेरिका पठाउने तयारी भइरहेको जानकारी गराएको छ। मंगलबार क्रिकेट संघका सचिव पारस खड्काले विज्ञप्ति जारी गर्दै विश्वकपमा पठाउन गम्भीरताका साथ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल लगायतका सम्बन्धित निकायबाट पहल भइरहेको बताएका छ्न।

‘संयुक्त राज्य अमेरिकाको भिषाको प्रकृया अगाडी बढाईएको व्यहोरा जानकारी गराउँदै यस संघबाट निजको विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता सम्बन्धी सबै आवश्यक प्रकृया अगाडी बढाई सकिएको व्यहोरा समेत अवगत गराउन चाहन्छु,’ उनले विज्ञप्तिमा भनेका छन्।

- Advertisement -
Ad image

उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएसँगै उनी विश्वकपको तयारीमा जुटेका थिए। गत बुधबार (जेठ २) सन्दीपलाई अदालतले सफाइ दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले पनि घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट गतिविधिबाट उनको निलम्बन फुकुवा गरेको थियो।

सन्दीपलाई टोलीमा सामेल गरेको अवस्थामा कुन खेलाडीलाई बाहिर राख्ने भन्ने जिम्मा भने क्यानले मुख्य प्रशिक्षक र कप्तानलाई दिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्