जेठ ०८ गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ जेष्ठ २०८१, मंगलवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ जेठ ०८ गते मंगलबार ई.सं.२०२४ मे २१ नेपाल सम्बत ११४४ बछलाथ्व त्रयोदशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, बैशाख शुक्ल त्रयोदशी, चन्द्रमा तुला राशिमा चित्रा नक्षत्र, व्यतिपात योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५: ११ बजे भयो भने सूर्यास्त साँझ ०६:४९ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तथापि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहला । कुनै नयाँ अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि विचार राख्नुहोला । आफन्त र साथीभाइबाट सहयोग र हौसला मिल्नेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): व्यस्तता वृद्धि हुनेछ । आज स्वास्थ्यसम्बन्धी सामान्य कमजोरी अनुभव भएपनि आयआर्जन राम्रै हुनेछ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । मनोरन्जनमा समय ब्यतित भएर जाने दिन छ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । उत्साह बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आज आर्थिक क्रियाकलाप फलदायी रहला । तर सहयोगीहरूको भरपर्दा सबै काम नबन्न पनि सक्छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । गरिँदै आएको काममा मिलेको सफलताले जाँगर बढ्ला । पराक्रम र आरोग्यता बढ्नेछ । कुनै पनि समस्याको समाधान प्राप्त होला । यात्रामा सफलता प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन चुनौतीयुक्त रहला । स्वास्थ्य कमजोर रहनाले नियमित कार्यसम्पादनमा नकारात्मक असर पर्न सक्छ । राम्रो अवसर गुम्न सक्ने योग छ । छरछिमेकमा झैझगडा हुन सक्छ, सावधान रहनु हितकर होला । श्रमको समुचित मूल्यांकन नहुन सक्छ । रसरागमा भने आकर्षण बढ्नेछ । नजिकका मित्रजनको सहयोग प्राप्त हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दिन मिश्रित फलदायी रहल । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । तथापि, काम बिग्रने डरले सताइरहनेछ । मानसम्मानमा पनि ठेस पुग्ने देखिन्छ । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । आरोग्यता बढ्नेछ । सार्वजनिक कार्यक्रममा आकर्षण रहला । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने दिन छ । विभिन्न सहयोग र उपहार पाइनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ । मंगलमय कृत्य सम्पादनको योग छ । सुख बढ्नेछ । रचनात्मक काममा सफलता मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउने छ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । नवीन प्रकारको जिम्मेवारी हात पार्ने मौका जुर्ला । यशवर्चश्व बढ्नेछ । विलासी काममा आकर्षण रहला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कर्मबल बढ्ने र रचनात्मक कार्यमा सफलता प्राप्त हुने दिन भएपनि आज सानातिना काममै अल्झनुपर्दा मन त्यति उल्लसित नहोला । भौतिक साधनमा पनि खराबी आउन सक्छ । स्वास्थ्य सामान्य कमजोर रहला । पढाइलेखाइमा त्यत्ति मन नजाला । आँटेको काम समयमा पूरा नहुन सक्छ । मनमा प्रेमभाव बढ्नेछ । दाम्पत्य सुख रहनेछ । आज बेकारका बस्तुमा खर्च गर्नुबाट जोगिने प्रयत्न गर्नु हितकर होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्ने समय छ । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । विशेष सहयोगीहरूले भने राम्रै साथ दिनेछन् । नयाँ काम सुरु गर्ने सोच्दै हुनुहुन्छ भने राम्रै समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । मान महत्व वृद्धि होला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): नसोचेको ठाउबाट धन आर्जन हुने समय छ । लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ । साझेदारीमा राम्रो फाइदा होला । आयआर्जनका स्रोत बढ्नेछन् । अरूका विषयमा चासो लिँदा विवादमा परिनेछ, सावधान रहनुहोला । दौडधुपका साथै साहस बढ्ला । नियमकानूनले साथ दिनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्ने समय छ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । विनाकारण आरोप लाग्न सक्छ । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । धैर्य राखी कार्यव्यवहार गर्ने प्रयत्न गर्नुहोला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने दिन छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । अध्ययन तथा अध्यापनमा कमजोरी र लेनदेनमा विवाको योग छ । आजको दिन सवारीसाधनको प्रयोगमा अघिपछिको भन्दा विशेष सावधानी अपनाउनुहोला । व्यावसायिक काममा पनि समस्या आउन सक्छ, धैर्य राख्नुहोला । आफन्तको साथ कमै मिल्नेछ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

तपाईको दिन शुभ रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्