आजदेखि संसद् नियमित हुने, दुवै सदनको बैठक बस्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ जेष्ठ २०८१, आईतवार
1 Min Read
Aa
प्रतिनिधि सभाको बैठक अवरोध काठमाडौँ, ३ जेठ : प्रतिनिधि सभाको बिहीबारकाे बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि नेपाली कांग्रेस र नेकपा एमालेका सांसद एकआपसमा भनाभन गर्दै । तस्बिर : प्रदीपराज वन्त / रासस

काठमाडौं – आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १: १५ बजेदेखि सुरु हुँदै छ।

संसद् भवन नयाँ बानेश्वरमा बस्ने प्रतिनिधिसभाको आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

त्यस्तै, सभामुखले प्रतिनिधि सभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न माननी सदस्यहरूको मनोनयन गर्नेछन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक २०८० लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

सहकारीको बचत अपचलन प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै कांग्रसले संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै संसद् अवरुद्ध गर्दै आएको थियो । शनिबार बसेको शीर्ष नेताहरूको बैठकले समिति बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सम्पन्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताको संयुक्त बैठकमा सहकारी प्रकरणमा छानबिन समिति गठन गर्ने समझदारी भएको हो ।

यससँगै कांग्रेसले सहकारी ठगी प्रकरणलाई लिएर अवरुद्ध गरिरहेको सङ्घीय संसद्का दुवै सदन आजदेखि सुचारु हुने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array