प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ जेष्ठ २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा जुटेका छन्। सत्तारुढ दलका शिर्ष नेताहरु छलफल गरिरहेकै बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरू पनि बालुवाटार पुगेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच जारी छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवासहित महामन्त्री गगन थापा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका हुन्।

- Advertisement -
Ad imageAd image

प्रधानमन्त्रीले यसअघि आजै बिहान कांग्रेसका नेताहरूसँग छलफल गरेर सहकारी प्रकरणमा संसदीय समिति बनाउन सहमति जनाएका थिए।

सहकारीको रकम हिनामिना प्रकरणमा प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय छानबिन समिति माग गर्दै आएको छ। सहकारी ठगिमा गृहमन्त्री लामिछाने पनि संलग्न रहेको भन्दै कांग्रेसले उनीविरुद्ध पनि छानबिन हुनुपर्ने माग गर्दै आएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्