जेठ ०५ गते शनिबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ जेष्ठ २०८१, शनिबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ जेठ ०५ गते शनिबार ई.सं.२०२४ मे १८ नेपाल सम्बत ११४४ बछलाथ्व दशमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, बैशाख शुक्ल दशमी, चन्द्रमा कन्या राशिमा उत्तर फाल्गुनी नक्षत्र, हर्षण योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५:१३ बजे भयो भने सूर्यास्त साँझ ०६:४७ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): व्यस्तता बढेपनि अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ भने गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । आफन्तसुख प्राप्त हुनेछ । साथीभाइको साथ प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): पराक्रम बढ्नेछ तर आजको दिन त्यति शुभदायी देखिन्न । खर्चको मात्रा बढ्ने समय छ । व्यवसायमा पनि लगानी बढाउनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । तपाईंको प्रतिभाको उच्च मूल्यांकन हुनेछ । आफन्तजनको सहयोग प्राप्त होला । परिवारिक सुख रहनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् । स्वादिष्ट भोजनमा मन रमाउनेछ । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्ने योग छ । जिम्मेवारी बढिरहनेछन् तर सहयोगको आशा देखाउनेहरूबाटै धोका हुने सम्भावना छ । जीवनसाथीको स्वास्थ्यप्रति सचेत रहनुपर्ला । रसरागमा आकर्षण बढ्नेछ । मान महत्व बढ्ने समय छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिएला, हिम्मतले काम बन्नेछ । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तथापि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । मानसम्मानका साथै आम्दानी बढ्ने समय छ । आरोग्यता रहनेछ । रसरागको भाव वृद्धि होला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । प्रेमसम्बन्धले सुखानुभूति गराउनेछ भने प्रेम विवाहमा परिणत हुने योग छ । स्वास्थ्यको लागि खानपानमा ध्यान दिनु जरुरी छ । उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ । विजयश्री मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । धन आर्जन गर्ने मौका जुर्ला । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ भने कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि जागृत हुनेछ । परिवारजनको सहयोगले विशेष काम बन्नेछ । दाम्पत्य सम्बन्ध सुमधुर रहला । आयबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । उच्चाधिकारीको साथ रहनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन विभिन्न अवसरले पछ्याउनेछन् । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ । पारिवारिक जमघटमा मन रमाउला । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । विलासितामा खर्च बढ्नेछ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिन मिश्रित फलदायी रहला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । मान महत्व र आरोग्यता वृद्धि हुनेछ । रसरागमा रुचि बढ्नेछ । समस्या निम्तिएपनि समयले साथ दिनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): दौडधुप बढेपनि लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागे पनि कामसम्पादन हुनेछन् । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुने समय छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । नसोचेको ठाउँबाट धन प्राप्त भइ मन प्रसन्न होला । मिठो भोजन प्राप्त गर्नुहुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, विवेकले काम लिने प्रयत्न गर्नुहोला । लामो यात्राको सम्भावना छ । लाभ हुने काम प्रारम्भ गर्ने अवसर मिल्न सक्छ । साझेदारीमा पनि राम्रो फाइदा हुने योग छ । मान महत्व वृद्धि हुनेछ । टाढिएका आफन्त नजिकिएलान् ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । नयाँ कामको अवसर आउला, तर आलस्यले गर्दा अवसर गुम्न सक्छ, सचेत रहनुहोस् । आर्थिक कारोवार आज नगर्नु हितकर हुनेछ । नोकरीमा स्थानान्तरणको सम्भावना छ । सार्वजनिक कार्यक्रममा आकर्षण जाग्नेछ । मित्रजनको साथ मिल्नेछ । सन्तानसुख बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): बिनाप्रतिस्पर्धा फाइदा हुने समय छ, तर अरूको भरपर्दा काम रोकिन सक्छ । नयाँ योजना कायाृन्वयन गर्नुछ भने आज हिम्मत गर्दा हुन्छ । तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । प्रेमभावका साथै धन मान महत्व बढ्नेछन् । मिठो भोजन प्राप्त हुनेछ । सन्तानसुख प्राप्त हुने योगछ । भोगविलासमा आकर्षण रहला ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array