झनै आक्रामक बने अ‍ोली: कांग्रेस मान्छ भने मान्छ, मान्दैन भने हामी संसद चलाउँछौं

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ जेष्ठ २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले नमाने पनि सरकारले नीति तथा कार्यक्रम र बजेट संसदबाट पारित गर्ने उद्घोष गरेका छन् ।

शुक्रबार पर्सामा आयोजित नेकपा एमाले पर्साको नवनिर्वाचित जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेस अब जेस्कै गरेपनि सदन चलाउने दाबी गरे । उनले समयमै सरकारको नीति तथा कार्यक्रम र बजेट संसद्बाटै पारित गरेर देखाउने उद्घोष गरे ।

- Advertisement -
Ad imageAd image

‘सहमतिमा आएर कांग्रेस मान्छ भने मान्छ। मान्दैन भने हामीले नीति तथा कार्यक्रम जसरी हुन्छ पारित गरेर बजेट संसदमा पेस गरेरै छाड्छौं’ ओलीले भने ।

उनले एमाले पार्टीमा अब गुटबन्दी नचल्ने पनि बताए। ओलीले भने, ‘एमाले मिसन ८४ को नारा लिएर अगाडि बढेको छ। त्यसका कारण विपक्षीसँग लड्ने बेलामा यदि पार्टीभत्र कसैले गुटबन्दी गर्‍यो भने सोझै कारबाही हुन्छ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्