संसद्‌मा एमाले र कांग्रेसका सांसदको धक्कामुक्की

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ जेष्ठ २०८१, बिहीबार
1 Min Read
Aa
प्रतिनिधि सभाको बैठक अवरोध काठमाडौँ, ३ जेठ : प्रतिनिधि सभाको बिहीबारकाे बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि नेपाली कांग्रेस र नेकपा एमालेका सांसद एकआपसमा भनाभन गर्दै । तस्बिर : प्रदीपराज वन्त / रासस

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङबीच संसद्‌मा धकेलाधकेल भएको छ। प्रतिनिसिधभा बैठकको सुरुदेखिनै नेपाली कांग्रेसका सांसदहरूले नाराबाजी गरेका थिए।

कांग्रेसको नाराबाजीकाबीच सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाए। उनले राष्ट्रपति कार्यालयबाट प्राप्त केही पत्रहरू पढेर सुनाए। लगत्तै उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफूबारे उठेका प्रश्नका बारेमा जवाफ दिन समय दिए।

- Advertisement -
Ad image

गृहमन्त्री लामिछानेलाई समय दिनासाथ कांग्रेस सांसदहरू थप आक्रोशित बने। ओली कांग्रेस सांसदहरूलाई सम्झाउँदै आफ्नो आसनबाट उठेर त्यसतर्फ गएका थिए। तर, कांग्रेस सांसदसँग उनको भनाभन नै चल्यो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्