ओलीको चेतावनी- कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ जेष्ठ २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचार पुर्‍याएर बोल्न नेपाली कांग्रेसका नेताहरुलाई चेतावनी दिएका छन् ।

पार्टीको संसदीय दलको बैठकमा सम्बोधन गर्ने क्रममा ओलीले एमालेको बारेमा बोल्दा विचार पुर्‍याउनको लागि कांग्रेसका नेताहरुलाई चेतावनी दिएका हुन्।

- Advertisement -
Ad imageAd image

उनले भने,‘जहाँसम्म गिरिबन्धु टि स्टेटको कुरा छ, नेपाली कांग्रेसले एकपल्ट ५१ विघाह, एक पटक १९ विघा कमिशन खाएर सट्टापटट गर्ने नाउँमा जमिन विक्री गर्न दिएको छ। त्यही टि स्टेटको, पछि अदालतले ऐन र नियम बनाउनु भनेर आदेश दिएपछि हामीले अदालतको आदेशबमोजिम ऐन बनाएका हौं। कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ।’

उनले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न नभएको दाबी गरेका छन् । उनले कांग्रेसले पाखुरा देखाएको र मसलको राजनीति गरेको भरमा आफूहरु नलतिर्ने चेतावनी दिए । उनले रवि लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने पहिलो शर्त रहेको बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्