सन्दीपको मुद्दामा सुनुवाइ आज, होला त विश्वकप खेल्ने सपना पुरा ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ जेष्ठ २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा आज सुनुवाइ हुँदैछ । गत वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो ।

मुद्दा हेर्न नमिल्ने सूचीमा परेसँगै आजका लागि पेशी तोकिएको थियो । त्यसअघि, न्यायाधीश द्वय मनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासले गौशाला २६ को जन्मदर्ता प्रमाणपत्र झिकाउने आदेश गरेको थियो ।

- Advertisement -
Ad imageAd image

जिल्ला अदालत काठमाडौँले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठह¥याएर आठ वर्षको जेल सजाय सुनाएको थियो । जिल्ला अदालत काठमाडौँको उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्