जेठ ०१ गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ जेष्ठ २०८१, मंगलवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ जेठ ०१ गते मंगलबार ई.सं.२०२४ मे १४ नेपाल सम्बत ११४४ बछलाथ्व सप्तमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, बैशाख शुक्ल सप्तमी, चन्द्रमा कर्कट राशिमा पुष्य नक्षत्र, गण्ड योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५:१५ बजे भयो भने सूर्यास्त साँझ ०६:४५ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन मिश्रित फलदायी रहला । बुद्धिविवेकको प्रयोगले अरूलाई प्रभावित पारेर लाभ उठाउने समय छ । भूमि तथा पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ मिल्ने योग छ । तर, स्वास्थ्य भने कमजोर रहला । काम गर्ने जोशजाँगरमा कमी आउनेछ भने पठनपाठनमा पनि समय दिन नसकिएला । सामान्य उपलब्धिका लागि आवश्यकताभन्दा ज्यादा मिहिनेत गर्नुपर्नेछ । नयाँ कामका योजना छन् भने हालको लागि थाती राख्नु हितकर हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): समय शुभदायी छ । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ । कामले अरूलाई प्रभावित पारेर राम्रै फाइदा लिन सकिएला । चाहेमा कीर्तिमानी काम सम्पादन गर्न सकिने योग छ । शत्रुपक्षको चलखेलका कारण चुनौती बढ्नेछ, तर जित तपाईंकै हुनेछ । नियमित काम सहजतापूर्वक सम्पन्न हुनाले मन प्रफुल्ल रहला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आश मारेको काम बन्नाले उत्साह जाग्ने दिन छ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ भने आजको दिन मित्रजन एवम् सहयोगीहरूले राम्रै साथ दिनेछन् । व्यावसायिक काममा लाभ नै हुनेछ, लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय छ । योजनाहरू बिस्तारै भए पनि अघि बढ्नेछन् । विलासीतासम्बन्धित क्रियाकलापमा आकर्षण रहला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सेवामूलक कामबाट अर्थलाभ हुने एवम् सन्तान पक्षबाट सहयोग र सन्तुष्टि मिल्ने समय भएपनि आफन्तबाट टाढिनुपर्ने योग छ । तथापि, बोलीको प्रभाव बढ्नेछ भने बिग्रन लागेको काम पनि अभिव्यक्ति कलाका कारण बन्ने देखिन्छ । आजको दिन यात्राको सम्भावना छ । वैदेशिक क्षेत्रबाट सामान्य लाभ उठाउन सकिनेछ । अध्ययन/अध्यापनमा मन लाग्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन श्रमको उचित मूल्य नमिल्न सक्छ । कामबाट सोचेभन्दा कमै लाभ होला । तथापि, कमी-कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ । खुट्टा तान्ने या आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्, सावधान रहनुहोला । चुनौतीका बाबजुद दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । कतैबाट नसोचेको आम्दानी हुने योग छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन शुभदायी र उत्साहजनक रहला । सहयोगी तथा मित्रजनबाट नयाँ कामको प्रस्ताव आउन सकछ । सहयोगीहरूको माध्यमबाट धन आर्जन होला । तथापि, केही खर्च बढ्ने योग छ । आज सरसापटसम्बन्धी क्रियाकलापलाई टार्नु नै हितकर हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा सरिक हुने अवसर जुर्न सक्छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । बौद्धिक अभिव्यक्तिले पनि राम्रै अवसर दिलाउन सक्छ । धर्मकर्ममा मन जाला । प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी बन्नुहुनेछ । मिष्टान्न भोजनको अवसर जुर्न सक्छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): भाग्योन्नतिको समय हुनाले काममा सफलताले पछ्याउनेछ । विगतका सफलताले थप हौसला जगाउनेछ भने व्यापार–ब्यवसायमा हुनेका लागि आम्दानीको थप मार्ग खुल्नेछ । धेरैको भलाइ हुने काम आरम्भ गर्न सकिनेछ । स्वादिष्ट भोजनको आनन्द पाइएला । तथापि, हरेक कार्यमा सहयोगीको भर पर्नु घातक हुन सक्छ, सचेत रहनुहोला । परिस्थितिअनुसार चल्ने प्रयत्न गर्नु हितकर हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): दिन चुनौतीपूर्ण रहला । मन लगाएर प्रयत्न गर्दा पनि सामान्यमात्र फाइदा हुने समय छ भने काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । चाहना नहुँदानहुँदै व्यवसायमा लगानी बढाउनुपर्ला । अवसर आए पनि मौकामा लाभ उठाउन मस्किल पर्ने योग छ । आजको दिन हठ नगर्नु हितकर हुनेछ । सामान्य वादविवादको योग छ, सचेत रहनुहोला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आजको दिन प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । प्रतिष्पर्धीहरू सल्बलाएकाले महत्वाकांक्षी योजना हालको लागि सार्वजनिक नगर्नु हितकर हुनेछ । अध्ययन/अध्यापनमा प्रगति हुनेछ भने चिताएको काम सम्पादन हुनेछ । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । आफन्तजनको सहयोग मिल्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): मनोरञ्जनपूर्ण दिन छ । रमाइलो जमघटको अवसर प्राप्त हुने देखिन्छ । तपाईंबाट भएको कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । बोली र व्यक्तित्वको प्रभाव देखिने समय छ । सामाजिक काममा रुचि बढ्ला । मिठो भोजनको अवसर जुर्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दिन राम्रै छ । नचिताएको ठाउँबाट धन आर्जन हुनाले प्रफुल्लता बढ्ला । मेहनतले सम्मानित स्थान दिलाउनेछ । तथापि, बन्न लागेको काम एकाएक बिग्रन सक्छ । आश्वासन दिएर झुक्याउनेहरूसँग आजको दिन विशेष सचेत रहनुहोला । व्यापार–व्यवसायमा लाभ नै हुनेछ । मित्रजनको साथ–सहयोग रहनेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array